काठमाडौं। हिमालयन बैंक लिमिटेडकोे सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । संस्थाले ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–२ संखुकी मानमाया लामालाई १ लाख ५५ हजार रुपैयाँ बीमा रकम उपलब्ध गराएको हो । संस्थामा आबद्ध मानमायाका श्रीमान् कालसिंह लामाको मृत्यु भएपछि उक्त दाबी रकम भुक्तान गरिएको हो ।