‘वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाको खाँचो’

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाको खाँचो रहेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा मंगलवार आयोजित ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री महतले वित्तीय संघसंस्थाले आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गरे त्यसको सकारात्मक प्रभाव देशको अर्थतन्त्रमा समेत पर्ने बताए । ‘वित्तीय संघसंस्था आफ्नो फाइदाका लागि मात्र बनेका होइनन्, आफ्ना सदस्यहरूलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउनेतर्फ लागिपरे वित्तीय सुशासन कायम हुन्छ, यसले अर्थतन्त्रकै लागि हित गर्छ,’ उनले भने, ‘तर अहिले ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो, एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या छ ।’  बैंक तथा वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने, तर घरजग्गा धितो राखेर मूल्यांकनभन्दा बढी कर्जा प्रवाह गर्ने गरेको पनि अर्थमन्त्री महतको भनाइ छ । त्यस्तै उत्पादनशील क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा बढी ऋण लगानी हुने गरेकोमा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यससम्बन्धी नीतिगत व्यवस्था गर्नुपर्ने उनले बताए । आगामी आर्थिक वर्षको मौद्रिक नीति समग्र अर्थतन्त्रलाई स्थिरता र आर्थिक वृद्धितर्फ उन्मुख गराउने गरी आउनुपर्ने उनको भनाइ छ ।  ‘सरकारले लिएको लक्षित आर्थिक वृद्धिदर हासिल गर्नेतर्फ उन्मुख गराउने मौद्रिक नीति आवश्यक छ,’ उनले भने । बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोग बढाएर पारदर्शिता कायम गर्न सक्नुपर्ने र निक्षेपकर्ताको निक्षेप सुरक्षित रहने विश्वास दिलाउन सक्नुपर्ने उनको भनाइ छ । सरकारी बैंकको वित्तीय स्वास्थ्य अवस्था खस्किएकोमा अहिले सुधार हुँदै गएको उनले उल्लेख गरे । अहिले लघुवित्त क्षेत्रमा समस्या देखिएको भन्दै अर्थमन्त्री महतले यसमा राष्ट्र बैंकले नियामकीय भूमिका बढाउनुपर्ने बताए । यस्तै सहकारीको नियमनका लागि आगामी आर्थिक वर्षको बजेटले छुट्टै नियामक स्थापना गर्ने प्रावधान राखेको उनले बताए । मुलुकको समग्र अर्थतन्त्र केही समय अघिसम्म समस्यामा रहेकोमा बिस्तारै सहज हुँदै गएको उनको दाबी थियो । 

सम्बन्धित सामग्री

बढ्दो मोटोपन तर अझै स्वस्थ

शोधकर्ताहरूले संसारभर मानिसको मोटोपन बढेको बताएका छन्। खासगरी चौथाई महिलाहरूमा मोटोपन देखिएको भए पनि ती स्वस्थ रहेका उनीहरूको भनाइ छ।...

आँखा स्वस्थ राख्न के गर्ने ?

आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो । सानो गल्तीले गर्दा आँखामा ठूला समस्या आउन सक्छ । आँखालाई स्वस्थ नराख्दा चिलाउने, इन्फेक्सन हुनेजस्ता रोग देखा पर्छन् । कतिपयले आँखा कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ...

दाँत स्वस्थ राख्न...

दाँत स्वस्थ हुन मुख स्वस्थ हुनुपर्छ । मुखबाट खाएको खानेकुरा नै शरीरमा पुग्ने हो । त्यसले मुख स्वस्थ नहुँदा विभिन्न शारीरिक समस्या देखिन सक्छन् । मुखलाई स्वस्थ राख्न हामीले केही कुरामा ध्यान दिनुपर्छ ।...

नयाँ वर्षसँगै स्वस्थ रहन गरौँ यी २० संकल्प

स्वस्थ रहन हामीले धेरै ठूलो मेहनत पनि गर्नु पर्दैन। स-साना पाइलाबाटै स्वस्थ रहने संकल्प गर्न सकिन्छ।

स्वस्थ जीवनको रहस्य

एक ८० वर्षीय वृद्ध निकै स्वस्थ र फुर्तिला देखिन्थे । मानिसहरू उनको स्वस्थ जीवनको रहस्य जान्न प्रश्न सोधिरहन्थे । तर, उनी भने मुसुक्क हाँसेरै टारिदिन्थे । उनको स्वास्थ्य स्थितिको चर्चा राजाले पनि सुने ।...

दाँत स्वस्थ राख्ने उपाय

डा. सुनैना श्रेष्ठ डेन्टिस्ट  खानेकुरा चपाउनका लागि दाँत स्वस्थ राख्न जरुरी छ । दाँत स्वस्थ राख्न आफ्नो जीवनशैलीमा सुधार ल्याउनुपर्छ । त्यसैले रोगबाट बच्न आफ्नो दाँतको सफाइमा ध्यान दिन आवश्यक छ ।  सुगरजन्य पदार्थ नखाने जुन पेयपदार्थमा...

‘स्वस्थ  आमा, स्वस्थ बालबालिका’ अन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार वितरण

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ  आमा, स्वस्थ बालबालिका’ कार्यक्रमअन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ। ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराइएको हो।

स्वस्थ जीवनशैलीका ९ सुत्र

स्वस्थ जीवनशैलीले प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ। यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन। स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन्:

स्वस्थ जीवनका लागी पाँच आधार

स्वस्थ नागरिक, स्वस्थ समाज, स्वस्थ जीवन, स्वस्थ उत्पादन र स्वस्थ उपभोगको अवधारणालाई दैनिक जीवनमा कार्यान्वयन गर्नु जरुरी छ । हरेक व्यक्ति स्वस्थ, समृद्ध र सुखी रहन चाहन्छ । रोग लागोस्, दुःख पाइयोस्, गरिब भइयोस् भन्ने कसैको पनि चाहना हुँदैन । तर, त्यसका लागि आधार निर्माण गरेका छौं त ? यो गम्भीर प्रश्न हो ।स्वस्थ, सुखी […]

सिरिजङ्घा गाउँपालिकाद्वारा 'म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान

'म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ।