सुर्खेत : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपल्लो डोल्पामा रहेको काञ्जिरोवा हिमाल आरोहण गराउन दुई पटक बोलपत्र आह्वान गरे पनि कसैले आवेदन नदिँदा बजेट फ्रिज भएको छ।आव ०७८/७९ मा दुई पटक सूचना प्रकाशित गरे पनि इच्छुक कम्पनीको आवेदन नदिँदा हिमाल आरोहण अलपत्र परेको हो। आरोहण दलमार्फत अन्तरराष्ट्रिय जगतमा कर्णालीका हिमाल चिनाउन ६० लाख विनियोजन गरी बोलपत्र आह्वान गरिए पनि निःशुल्क आरोहण गर्नसमेत कुनै पनि पर्वतारोही कम्पनी तथा आरोहण दल तयार नहुँदा उक्त बजेट फिर्ता भएको हो। &