नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशका नेता यामलाल कँडेलले कर्णाली सरकार संवैधानिक रुपमा गठन नभएको बताएका छन् । बुधबार बसेको कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको १८ औँ बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । संसदमा बोल्दै कँडेलले भने ,‘सरकार संवैधानिक रुपले गठन हुनुपर्यो । कर्णाली सरकारलाई अहिलेको व्यवस्था, प्रणालीलाई दिगो राख्ने कुरा छैन । प्रचलनलाई भताभुङ्ग गर्न पाए कर्णाली सरकार आफुलाई बहादुर ठान्छ ।’ उनले थप भने, ‘को व्यक्ति कहाँ के गर्दैछन् तर, स