काठमाडौं : कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरूलाई राख्न सरकारले देशभरका कतिपय विद्यालय क्वारेन्टिनको रूपमा प्रयोग गरेको छ। ती विद्यालय कहिले खाली हुने भन्ने पनि यकिन भएको छैन।तर, सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरू गर्ने निर्णय गरेको छ। क्वारेन्टिनको रूपमा प्रयोग गरिएको विद्यालय खाली नभइ विद्यार्थी भर्ना अभियान कसरी सुरू गर्ने भन्ने प्रश्न उठ्न थालेको छ। क्वारेन्टिनमा प्रयोग गरिएका कतिपय विद्यालय खुले पनि विद्यार्थीहरु त्यहाँ जान डर मान्ने गरेका छन्।