चाडपर्वको बेला पाल्पाबाट सात करोडको खसी–बोका बाहिरी जिल्लामा निकासी भएको छ । जिल्लाका विभिन्न स्थानबाट मासुका लागि दशैंतिहारको समयमा सात करोड बढीको जिउँदो खसी–बोका जिल्ला बाहिर निकासी भएको हो ।
दाङमा महिला उद्यमीले करिब तीन करोड मूल्य बराबरको खसीबोका बिक्री गरेका छन् । दसैँ–तिहार पर्वको अवसरमा जिल्लाका आठवटा सामाजिक उद्यमी महिला सहकारीमार्फत दुई करोड ९२ लाख ७० हजार नौसय ५८ रुपियाँ मूल्यको खसीबोका बिक्री गरेका हुन् ।
दसैँ अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत तीन करोड रुपियाँ बढीका खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् ।
जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा एक करोड ८१ लाख बढीको खसीबोका बिक्री गरेर आर्थिक कारोबार गरेको हो ।
यो वर्ष दसैंमा उपत्यकामा झन्डै ५४ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।दसैंमा सबैले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका बिक्री हुने गर्छ । यो वर्ष झन्डै ५४ करोड रुपैयाँ बराबरको ३२ हजार संख्यामा खसीबोका बिक्री भएका हुन् । खाद्य व्यवस्था कम्पनी लिमिटेड र निजी व्यवसायीले गरेर उपत्यकामा ३२ हजार संख्यामा […]
दमौली– हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका हुन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई […]
२३ असोज, दमौली । दसैँका लागि तनहुँबाट करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । जिल्लाका १० सहकारीमार्फत् दुई हप्ताको अवधिमा दुई करोड ८२ लाख ३६ हजार ७९१ रुपैयाँको खसीबोका बिक्री भएका हुन् । दुई हप्ताको अवधिमा एक हजार ८१७ खसी बिक्री भएका छन् । ती सहकारीले दुई करोड ७९ लाख ८९ हजार २४५ […]
चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक दुई करोड रुपैयाँभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौं पठाउने गरिएको छ ।
घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौं पठाउने गरेका छन् ।