काठमाडौं- राप्रपा नेपालले देशका सातवटै प्रदेशमा अन्तरक्रिया र भेला आयोजना गर्ने भएको छ। केही दिनअघि काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। महामन्त्री बर्तौलाका अनुसार ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत “वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न […]