प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन् ।
सभामुखले सरकारले संसद्मा लगेका प्रस्तावलाई निर्णयार्थ पेश नगरेर संसदीय अराजकता निम्त्याएको आरोप उनले लगाए ।
३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवालाई शुक्रवार भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
‘सरकारले संसद्मा पेश गरेको प्रस्ताव सभामुखले निर्णयार्थ पेश नगर्ने, योभन्दा अराजकता के हुन्छ ? हाम्रा कूटनीतिक सम्बन्धमा आशंका पैदा गर्ने र विकासका प्रयासमा बा...