एमालेलाई एमसीसी पास गर्न सत्तामा रहेका दलले वञ्चित गरे : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तामा रहेका दलहरूले एमालेलाई वञ्चित गरेको बताएका छन् । काठमाडौँमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले एमसीसी पारित गर्ने प्रक्रियाबाट बाहिर राख्न सत्तामा रहेका दलले षड्यन्त्र गरेको आरोप लगाए । उनले भने–‘राष्ट्रिय हितको वास्ता नगरी आफ्नै छुद्र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरूका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरूको अविश्वसनीयता समेत उदाङ्गो भएको छ । प्रतिनिधि सभाको दुवै बैठकमा

सम्बन्धित सामग्री

'समन्यायिक र सन्तुलित विकासमा चेत नपुग्दा कर्णाली पछि पर्‍यो'

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता प्रदीप पौडेलले लामो समयदेखि राज्यको केन्द्रीय सत्तामा समन्यायिक र सन्तुलित विकासको अवधारणा पस्न नसक्दा कर्णाली पुछारमा परेको बताएका छन् ।

प्रदीप ज्ञवाली भन्छन्, परराष्ट्र नीतिमा सत्ता पक्ष र विपक्ष हुनु हुँदैन !

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षबीच धेरै विषयमा विमति रहने भए पनि राष्ट्रिय हित, विदेश नीतिमा विमति हुनु नहुने बताएका छन् । मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले एमसीसीलाई देशभित्र गिजोलिएको र झण्डै भूराजनीतिक द्वन्द्वको अवस्थामा पुगेको बताए । दलहरूले सत्तामा रहँदा आफैले हस्ताक्षर गर्ने र सत्ता […]

माधव नेपालहरूलाई केपी ओली सत्तामा फर्किने डर देखियाे : प्रदीप ज्ञवाली

नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले माधव नेपाल लगायतका नेताहरूले स्वार्थको राजनीति गरिरहेको आरोप लगाएका छन् ।

चुनावपछि एमाले फेरि सत्तामा फर्किन्छ: प्रदीप ज्ञवाली

तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हटनु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताएका हुन्।