कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ माघ १ गते दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै छ ।
काठमाडौं, असार १७ । समयमा बर्सात नहुँदा यो वर्ष पोहोरभन्दा करिब १० प्रतिशत कम रोपाइँ भएको छ। यो वर्षको असार १५ गतेसम्म करिब १५ प्रतिशतको हाराहारी मात्र रोपाइँ भएको अनुमान छ। पोहोर असार १५ मा २५ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले औपचारिक रूपमा सार्वजनिक गरेको तथ्यांक अनुसार […]
लमजुङमा बिहीबार राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा र्यालीसहित जैविक उत्पादन तथा परिकार प्रदर्शन भएको छ । जैविक कृषिको प्रवर्द्धनका लागि कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा विविध कार्यक्रम भएको हो । गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले कृषिलाई विज्ञानसँग जोड्दै व्यावसायिक कृषिको विकास गर्न सकेमात्रै नेपाल कृषि प्रधान देश भएको सान्दर्भिक हुने बताए । स्थानीय उत्पादनलाई […]
जलवायु परिवर्तनका कारण कृषि जैविक विविधता ह्रास हुने क्रम निरन्तर बढ्दै गएको भन्दै सरोरकारवालाले चिन्ता जनाएका छन् । राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा सरोकारवालाहरुले जलवायु परिवर्तनको असरका कारण कृषि जैविक विविधताको हस हुुँदै गएको भन्दै समाधानको लागि पहल गर्नुपर्नेमा जोड दिएका हुन् । आव २०७९/०८० को बजेट वक्तव्यमार्फत नेपाल सरकारले विसं. २०७९ साललाई राष्ट्रिय […]
जैविक विविधताको दृष्टिले नेपाल धनी मुलुकको सूचीमा पर्छ। क्षेत्रफलमा सानो भए पनि नेपालमा विश्वका ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत प्राणीजन्य विविधता उपलब्ध छ। तथापि अन्यत्र जस्तै नेपालमा पनि कृषि जैविक विविधता ह्रास हुने क्रम तीव्रतर बन्दै गएको छ। नेपालमा समग्र कृषि जैविक विविधता ५० प्रतिशत र बालीका रैथाने जातहरू ४० प्रतिशत मासिइसकेको छ।
सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी उक्त दिवस मनाउन लागिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव …
–नारायण न्यौपाने
काठमाडौँ । सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस बनाउन लागेको छ । नेपाली समाजमा
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने घोषणा गरेको छ ।
आइतबार संसद्मा आर्थिक वर्ष २०७९/८० को आय र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषिबाली बिमाको प्रिमियममा ८० प्रतिशत अनुदानका लागि ७६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
आर्थिक उपार्जन, रोजगारी सिर्जना, जनताको जीवनस्तरमा सुधार र जीविकोपार्जनका साथै कृषि जैविक विविधता एवं पर्यावरण संरक्षणसँग प्रत्यक्ष रुपमा योगदान पुर्याइ एग्रीकल्चर, हर्टीकल्चर र फरेष्ट्रीको उत्पादन र उत्पादकत्वसँग समेत गाँसिएको मौरीपालन व्यवसायलाई संस्था...
आकाशीय, स्थलीय, जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणाली, त्यस भागका रूपमा रहेका जीव र वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भनी कृषि जैविक विविधता नीति, २०६३ ले परिभाषित गरेको छ । जैविक विविधताले प्राणी, वनस्पति तथा सूक्ष्म जीवात्माको जातीय–प्रजातीय विविधता, आनुवांशिक विविधता तथा पारिस्थितिक प्रणालीको विविधतासमेतलाई जनाउँछ। जैविक विविधता महासन्धि, १९९२ ले पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण जीवजन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता जैविक विविधता भनेको छ।