उद्योग सञ्चालन गर्नुपूर्व पर्याप्त अध्ययन आवश्यक: अध्यक्ष राउत

मोरङ – पर्याप्त अध्ययन विना उद्योग स्थापना गर्ने होडबाजीले जोखिमलाई बृद्धि गर्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताएका छन्। महासंघले मंगलबार विराटनगरमा औद्यौगिक करिडोरका उद्योगको विगत र वर्तमान अवस्थाबारे गरेको अन्तर्क्रीया नवनिर्वाचित अध्यक्ष राउतले औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योग बन्द हुनुका कारण कृषि उद्योग क्षेत्रमा बढ्दो जोखिमबारे सचेत हुनुपर्ने बताएका हुन्। […]

सम्बन्धित सामग्री

रुग्ण उद्योग अध्ययन गर्न कार्यदल गठन

लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमको संयोजकत्वमा ‘रुग्ण उद्योग सञ्चालन तथा व्यवस्थापनसम्बन्धी’ कार्यदल गठन भएको हो । कार्यदलले अध्ययन गर्न एक महिनाको समय पाएको छ ।

लघु जलविद्युत् बन्द हुँदा ४०० घरपरिवार अन्धकारमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघु जलविद्युत् परियोजना बन्द भएको छ । दाजुङखोला लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको उक्त परियोजना बन्द हुँदा करीब ४०० घरपरिवारको दिनचर्या कष्टकर बनेको छ । च्युरीबोटस्थित विद्युत्गृहमा रहेको टर्वाइनको बेरिङमा खराबी आएपछि यही असोज १४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर घर्तीले बताए । सो परियोजनाको विद्युत् च्युरीबोट, ओखरबोट, महभिर, छाप, खतेन गाउँका ३९३ घरधुरीले उपभोग गरेका थिए । विद्युत् अभावमा उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने अवस्था आएको छ । सर्वसाधारणलाई साँझ र रातको समयमा घरायसी कामकाज गर्न, बालबालिकालाई अध्ययन गर्न तथा विद्युत्बाट मिल, फर्निचर उद्योग सञ्चालन गर्न समस्या भएको छ । सहकारीका अध्यक्ष घर्तीले बुटवलबाट अर्काे बेरिङ ल्याउनुपर्ने भएकाले परियोजना मर्मतका लागि केही समय लाग्ने बताए । आर्थिक अभावका कारण नयाँ बेरिङ खरीद र ढुवानी गर्न समस्या भएको उनको भनाइ छ । रासस

अनुमति बिना क्रसर उद्योग सञ्चालनमा

बाजुराको बडिमालिका नगरपालिका–८ बाहुली खोलामा अनुमतिबिना क्रसर उद्योग सञ्चालन भइरहेको छ ।क्रसर उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने र वातावरणीय प्रभाव मूल्याकंन अध्ययन गर्नुपर्ने भए पनि कुनै प्रक्रिया पूरा नगरी उद्योग सञ्चालनमा रहेको पाइएको छ । स्थानीय सरकारको संरक्षणमा गैरकानुनी रूपमा क्रसर उद्योग सञ्चालन भएको स्थानीयको भनाइ छ । मार्तडी–कोल्टी सडक खण्डको ९ किमि कालोपत्रे जिम्मा […]

कृषि औजार कारखानालाई नया ढंगबाट सञ्चालन गर्ने सरकारकाे तयारी

पर्सा - सरकारले पर्साको वीरगञ्जमा रहेकाे कृषि औजार कारखानालाई नया ढंगबाट सञ्चालन गर्ने तयारी गरेको छ ।  लामो समयदेखि बन्द रहेको कारखानाको स्थलगत अध्ययनपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिर्वतन गरेर उद्योग सञ्चालन गरिने बताउनुभएको हो । अत्यन्तै प्रतिष्पर्धी बजार भए...

गोरखकाली रबर उद्योग सञ्चालन गर्नुपर्ने

गोरखा नगरपालिका–१३ मझुवा देउरालीस्थित नेपालकै एकमात्र गोरखकाली रबर उद्योग सञ्चालन गर्नुपर्ने गण्डकी प्रदेशका सांसदहरूले निष्कर्ष निकालेका छन् । प्रदेशको अर्थ तथा विकास समितिका सांसदहरूले उद्योग सञ्चालनका बारेमा राज्यलाई सुझाव दिन गत असोज ११ गते रबर उद्योगको स्थलगत अध्ययन गरेका थिए ।

साबुन उद्योग सञ्चालन

यहाँको महावु गाउँपालिका–१, खरीगैरामा स्थापना भएको साबुन उद्योगले शुक्रबारदेखि उत्पादन बजारमा ल्याएको छ । लामो समय रोजगारीका लागि भारतको अहमदाबाद बसेर फर्केका राजेन्द्रबहादुर खत्रीले ८० लाख रुपियाँको लगानीमा गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । भारतमा रहेका साबुन उद्योगको अध्ययन गरेपश्चात् आफ्नै देशमा रोजगारी गर्ने र अरूलाई समेत रोजगारी दिने उद्देश्यले उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । दैनिक पाँच सय साबुन उत्पादन गर्ने सञ्चालक खत्रीले बताउनुभयो ।

नीतिमा सधैं पर्ने, सञ्चालनमा नआउने

देशमा बन्द र रुग्ण भई उत्पादकत्व दिन नसकेका उद्योगहरूको सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा सार्वजनिक–निजी साझेदारीको नीतिमार्फत् बन्द र रुग्ण उद्योग सञ्चालन गर्ने नीति लिएको हो ।