साबुन उद्योग सञ्चालन

यहाँको महावु गाउँपालिका–१, खरीगैरामा स्थापना भएको साबुन उद्योगले शुक्रबारदेखि उत्पादन बजारमा ल्याएको छ । लामो समय रोजगारीका लागि भारतको अहमदाबाद बसेर फर्केका राजेन्द्रबहादुर खत्रीले ८० लाख रुपियाँको लगानीमा गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । भारतमा रहेका साबुन उद्योगको अध्ययन गरेपश्चात् आफ्नै देशमा रोजगारी गर्ने र अरूलाई समेत रोजगारी दिने उद्देश्यले उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । दैनिक पाँच सय साबुन उत्पादन गर्ने सञ्चालक खत्रीले बताउनुभयो ।

सम्बन्धित सामग्री

फस्टाउँदै साबुन उद्योग

दाङ, १३ वैशाख । बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गरेका हुन् । रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समयसम्म कामगर्ने अवसर पाउनुभएका विकले अहिले आफैले उद्योग सञ्चालन गरी बजारमा साबुन र सर्फ बिक्रीका लागि […]

सात वर्ष खाडीमा बित्याे, अहिले आफ्नै साबुन उद्याेगमा व्यस्त तुल्सीराम

दाङ – राेजगारीकाे लागि परदेशिनेहरु सबै सधैँभरि उतै बस्दैनन् । केही कमाएर, केही सिकेर आफ्नै गाउँठाउँमा फर्किहाल्छन् । यतै केही गर्ने सपना बाेकेर । सल्यानको कपुरकोट गाँउपालिका–३ का तुल्सीराम शर्मा पनि सात वर्ष परदेशमा बिताएर आफ्नै देशमा केही गर्ने साेचका साथ नेपाल फर्किनुभयाे । अहिले दाङको घोराहीमा झण्डै तीन करोड रुपैयाँको लगानीमा साबुन उद्योग सञ्चालन गरिरहनुभएकाे छ उहाँले । शर्माले व्यक्तिगत लगानीमा घोराही उपमहानगरपालिका–१६ रावतगाउँमा साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हाे&nb...

३ करोडको लगानीमा साबुन उद्योग सञ्चालनमा

घोराही : सल्यान कपुरकोट गाउँपालिका-३ निवासी तुल्सीराम शर्माले घोराही उपमहानगर-१६ रावतगाउँमा करिब ३ करोडको लगानीमा साबुन उद्योग सञ्चालन गरेका छन्। दुई दशकअघि कपुरकोटमा निजी विद्यालय सञ्चालन गरी उनी शिक्षा क्षेत्रमा लागेका थिए। सशस्त्र द्वन्द्वकालमा विद्यालय बन्द गराइदिएपछि उनी रोजगारीका लागि विदेश गए। केही वर्ष विदेश बसेपछि उनी फेरि नेपाल आएर कपुरकोटमा मोबाइलको पसल गरे। त्यसपछि उनी कपुरकोटबाट दाङको घोराही आएर विभिन्न कम्पनीका मोबाइलको डिलर लिएर व्यवसाय गरेका थिए। त्यसबाट पनि सन्तुष्ट हुन नसकेपछि आफू ...

लगानी अनुसारको प्रतिफल नआएपछि धमाधम बन्द हुँदै सल्यानका उद्योग

सल्यान : व्यवसाय प्रवर्द्धन हुन नसकेपछि सल्यानका उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका छन्। दर्ता भई सञ्चालन रहेका उलेग व्यवासय बन्द गर्नेको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ।उद्योग व्यवसाय चल्न नसकेपछि, व्यवसायीहरुले दर्ता गरेका उद्योगको लगत कट्टा गर्न थालेका छन्। एक करोड लगानीमा सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा २०७० सालमा सञ्चालनमा आएको साबुन उद्योग विगत दुई वर्षदेखि बन्द छ।विश्वभर फैलिएको कोरोना महामारीका कारण बन्द भएको उद्योग अझै सञ्चालनमा आउन सकेको छैन। उद्योग सञ्चालन गर्दा लि

रुकुम पश्चिमको चौरजहारीमा साबुन उद्योग सञ्चालन

रुकुम पश्चिम – रुकुम पश्चिममा चौरजहारी साबुन उद्योग आज बिहीवारदेखि सञ्चालनमा आएको छ । चौरजहारी सोप इन्डट्रिज एन्ड रिसर्च प्रा.लि.ले साबुन उद्योग सञ्चालनमा ल्याएको हो ।  कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आज एक कार्यक्रमका बीच यो उद्योगको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा पूर्वमन्त्री शर्माले स्थानीयस्तरमा युवाहरूको सहभागितामा साबुन उद्योग सञ्चालन गर्नु स्वरोजगारको नमुना भएको बताउनुभयो ।  उहाँले उत्पादन र खपत बढाउन गुणस्तरमा ध्यान दिएमा व्यवस्थित उद्योग भएर गर्व गर्न ...

साबुन उद्योग सञ्चालन

पाँचथरको फालेलुङ गाउँपालिकाका एक युवकले २५ लाख रुपियाँ लगानी गरेर गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याएका छन् । पाँच वर्षसम्म मलेसियामा रोजगारी गरेर फर्किनुभएका फालेलुङ–३, ताङ्लेपाका प्रयास केरुङले दैनिक दुई सयवटा साबुन उत्पादन गर्न सक्ने क्षमताको उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

तीन करोड लगानीमा साबुन उद्योग सञ्चालन

दाङको घोराहीमा करिब तीन करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम शर्माले घोराही उपमहानगरपालिका–१६, रावत गाउँमा साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । मेलिना मल्टिपल प्रालिका नाममा स्थापना भएको सो उद्योगले ‘स्मृति’ ब्रान्डमा लुगा धुने साबुन बजारमा ल्याएको छ । लामो समय वैदेशिक रोजगारीका क्रममा साउदी अरेयिबा र दुबईमा करिब सात वर्ष बिताउनुभएका शर्माले साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।