गोरखकाली रबर उद्योग सञ्चालन गर्नुपर्ने

गोरखा नगरपालिका–१३ मझुवा देउरालीस्थित नेपालकै एकमात्र गोरखकाली रबर उद्योग सञ्चालन गर्नुपर्ने गण्डकी प्रदेशका सांसदहरूले निष्कर्ष निकालेका छन् । प्रदेशको अर्थ तथा विकास समितिका सांसदहरूले उद्योग सञ्चालनका बारेमा राज्यलाई सुझाव दिन गत असोज ११ गते रबर उद्योगको स्थलगत अध्ययन गरेका थिए ।