एमाले बैठकस्थल बाहिर पत्रकारको मुक्कामुक्की (भिडियोसहित)

काठमाडौं, ९ चैत्र । नेकपा एमाले केन्द्रीय कमिटी बैठक कार्की बैंकेट बबरमहलमा बसिरहेको छ । बैठक बसिरहँदा त्यसबारे समाचारका लागि पुगेका दुई पत्रकारको भने कुटाकुट भएको छ । पत्रकारहरु मुक्कामुक्की भएपछि प्रहरीलगायत अन्य पत्रकारले छुट्याएका थिए । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ ।  

सम्बन्धित सामग्री

पत्रकारिता अनुभव एक पत्रकारको बकपत्र

आजको समाचार र इतिहासको सत्य भोलि बदलिन पनि सक्छ तर आजको सत्य के हो, थाहा पाउनुपर्छ। ‘एक पत्रकारको बकपत्र’ पनि यस्तै एउटा दस्ताबेज हो, जहाँ समाचारका अनेक दृष्टान्त र इतिहासका अनेक झिल्का देखिएका छन्।...

‘पत्रकारको सुरक्षाका लागि सरकार प्रतिबद्ध छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । आइतबार आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक...

मधेस प्रदेश: महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा

हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उनले बताए।

रुस–युक्रेन युद्धका क्रममा १८ पत्रकारको मृत्यु

एजेन्सी– रुसको आक्रमणका परी युक्रेनमा हालसम्म १८ पत्रकारको मृत्यु भएको छ । युक्रेनमा एक महिनाभन्दा बढी समयदेखि जारी आक्रमणको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु भएको हो । युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकारको मृत्यु भएको हो । त्यस्तै, अन्य १३ पत्रकार घाइते भएका छन् । […]

भरतपुरमा पत्रकारको स्वास्थ्य परीक्षण

चितवन, १४ चैत । जिल्लाका १६६ पत्रकारको स्वास्थ्यपरीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा आज रगतको नमूना सङ्कलन गरिएको हो । भरतपुर अस्पतालको प्रयोगशाला प्रमुख उर्मिला कँडेलका अनुसार १६६ पत्रकारको रगतको नमूना सङ्कलन गरिएको छ । उक्त नमूनाबाट कलेजो, मिर्गौला रोग, मधुमेह, थाइराइड, रगतमा बोसोको मात्रा, सिविसी […]

पत्रकारको स्वास्थ्य बीमा सम्बन्धी मापदण्ड तय गर्न समिति गठन

मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ। प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो।

श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरवलोकन गर्न कार्यदल

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म यहाँ बसेको समितिको बैठकले देशमा बढेको महँगी र अन्य क्षेत्रका कामदारको पारिश्रमिकमा वृद्धि हुँदा पनि श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक विसं २०७५ देखि पुनरवलोकन नभएका स्थितिमा कार्यदल गठन गरिएको समितिका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।कार्यदलमा समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार

पत्रकारको निःशुल्क उपचार गर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महामारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम् जिम्मेवारी भएको बताए ।पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उनले कोभिडले समस्यामा परेका पत्रकारको निःशु

संक्रमित पत्रकारको नि:शुल्क उपचार र राहतको व्यवस्था गर्न फोनिजको माग

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले कोरोना संक्रमित पत्रकारको उपचार नि:शुल्क गर्न सरकारसँग माग गरेको छ। फोनिजले बुधबार एक विज्ञप्ति जारी गर्दै ज्यान गुमाएका पत्रकारको परिवारलाई राहत व्यवस्था गर्न माग गरेको हो।‘महामारीको चुनौतीपूर्ण अवस्थामा समेत कर्तव्य पालनामा रहेका पत्रकार कोरोना संक्रमणपछि उपचाररत छन्, ’विज्ञप्तिमा भनिएको छ, ‘संक्रमित पत्रकारको उपचारको निःशुल्क व्यवस्था मिलाउन र कोरोनाबाट ज्यान गुमाएका पत्रकारको परिवारलाई राहतको व्यवस्था गर्न

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू होस् : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनलाई राजधानीमा बुधबार सम्बोधन गर्दै पुनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न...