मधेस प्रदेश: महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा
हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उनले बताए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले श्रमजीवी पत्रकारहरूको दुर्घटना बिमामा अनुदान दिने कार्यक्रम सुरु गर्न सरकार सकारात्मक रहेको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा श्रमजीवी पत्रकारका लागि सात लाखसम्मको दुर्घटना बिमा गरी प्रिमियमको ५० प्रतिशत रकम अनुदान दिने र पत्रकारहलाई ‘उपचार सुविधा परिचय पत्र’को आधारमा सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । तर, त्यो व्यवस्था अझैसम्म लागू भएको छैन ।
सनराइज बैंकले बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्ने गरि नयाँ खाता योजना ल्याएको छ । २०७४ साल चैत्र १ गते देखि बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ । जस अनुसार बैंकले स्वास्थ्य बीमा अन्र्तगत अस्पताल भर्ना र ओ.पि.डी खर्च गरी रु.१ लाख सम्मको बीमा दिएको छ । उक्त बीमा रकम वर्षमा तीन पटक सम्म गरी दाबी गर्न सकिनेछ । साथै ५ लाख सम्म दुर्घटना बिमा पनि दिइएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा ग िरएको उपचारमा मात्र बिमा दिदै आएकोमा यस वर्ष देखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा सिंगापुर थाईल्याण्डका अस्पतालमा उपचार गराउदाको खर्च समेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिनेछ । साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ । साथै महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म दिइने बैंकले जनाएको छ । उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउदा लिन सकिने छ ।ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिएको र यसले हाल सम्म हजारौ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाई छ । बैंकका अनुसार हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ ।हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बोर्डका सम्पूर्ण कर्मचारीको स्वास्थ्य तथा सामुहिक दुर्घटना बिमा लगायत सम्पत्ती तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बिमा आइएमई जनरल इन्स्योरेन्सले […]
अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्न लागेको छ । एन्फाका अनुसार संघसँग आबद्ध ७४५ जना खेलाडीले यस्तो सुबिधा पाउन लागेका हुन ।
एन्फाको बिमा सुबिधा राष्ट्रिय फुटबल खेलाडी र ए डिभिजनका खेलाडीले पाउनेछन् । राष्ट्रिय फुटबल खेलाडी ७० जना र ए डिभिजन लिगका ७०० जना गरी ७४५ खेलाडीले बिमा सुबिधा पाउनेछन् । एन्फाले बिमा कम्पनीलाई प्रस्ताब पेश गर्न आग्रह गरेको छ ।
निजामती कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमा प्रिमियमबापतको रकम सरकारले व्यहोर्ने
मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएर जस लिन खोजेको...
सन्राइज बैंक लिमिटेड, इटहरी शाखाले ग्राहकको स्वास्थ्य तथा दुर्घटना बिमा र अन्य इलेक्ट्रोनिक बैंकिङ सुविधासम्बन्धी जानकारी तथा छलफल कार्यक्रम सुन्दरहरैँचा–३, मोरङस्थित गछियाचोकमा सम्पन्न गरेको छ । बैंकका बचतकर्ताले अस्पताल...पूरा पढ्नुहोस् »
आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबिच संस्थाका सदस्यहरूको स्वास्थ्य बिमा तथा सामूहिक दुर्घटना बिमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे ।