गौरका नगर प्रमुख साहले गरे विद्यालय भवनको शिलान्यास

रौतहट सदरमुकाम गौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शम्भु साह कानुले विद्यालय भवनको शिलान्यास गरेका छन्।...

सम्बन्धित सामग्री

बेलबासमा १६ शय्याको स्वास्थ्य केन्द्रको शिलान्यास

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शय्याको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ । बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरेका हुन् ।

ठुलीभेरी नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

ठुलीभेरी नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ।  शुक्रबार नगर प्रमुख सुवर्ण बुढाले भवनको शिलान्यास गरेका हुन्। आठ रोपनी क्षेत्रफलमा बन्न लागेको भवनको कुल लागत १४ करोड ४२ लाख ८८ हजार...

मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको शिलान्यास

११ चैत, वीरगञ्ज । १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवनको आज शिलान्यास गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरेका हुन् । शिलान्यास गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए […]

नगर भवन भत्काएर व्यवसायिक कम्प्लेक्स बनाइँदै

नेपालगञ्ज – नेपालगञ्जको नगर भवन भत्काएर नयाँ भवन बनाइने भएको छ। टाँगा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको हो। अण्डरग्राउण्ड पार्किङ सुविधा भएको व्यवसायिक कम्पलेक्ससहितको बहुउद्देश्यीय सभाहलको बुधबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले शिलान्यास गरे। नगर भवनको शिलान्यास गर्दै नगर प्रमुख राणाले नयाँ भवन निर्माण सम्पन्न […]

बुटवल उपमहानगरको नयाँ भवन निर्माण, पूर्व अर्थमन्त्री पौडेलले गरे उद्घाटन

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ ।    नयाँ भवनको बुधवार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । पौडेलले भर्चुअल रूपमा भवन उद्घाटन गरेका हुन् । भवनको शिलान्यास पनि पौडेलले नै गरेका थिए । नगर प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गरेका छन् ।  महानगरीय अवधारणाका साथ नयाँ भवन निर्माण गरिएको बुटवलको दाबी छ । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्य...

भीमदत्त नगरपालिकाको मुख्य प्रशासनिक भवन शिलान्यास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य प्रशासनिक भवन शिलान्यास गरिएको छ । शनिवार गणतन्त्र दिवसको अवसरमा नगर प्रमुख सुरेन्द्र विष्टले भवनको शिलान्यास गरेका हुन् । नगरवासीलाई एउटै छानामुनिबाट सेवा दिन नयाँ भवन निर्माण गर्न लागिएको नगरपालिकाले बताएको छ । कुल अनुमानित लागत ३१ करोड ९७ हजार ६०० रुपैयाँ रहेको उक्त प्रशासनिक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले दुई वर्षमा सक्ने गरी चारतले भवनको शिलान्यास गरिएको जानकारी दिए । उनका अत्याधुनिक सेवा सुविधा रहनेगरी भवन निर्माण गरिने छ । भवनमा १० वटा मिटिङ हल, नगर प्रमुख तथा उपप्रमुख कक्ष, शाखा कार्यालय कक्ष, प्रशासनिक कक्ष लगायत संरचना बन्नेछन् । चारतले भवनमा लिफ्टको समेत व्यवस्था हुनेछ । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा संघीय सरकारले १८ लाख बजेट विनियोजन गरेको छ भने थप बजेटका लागि प्रतिबद्धता गरेको छ । अपुग बजेट नगरपालिकाले विनियोजन गर्ने नगरपालिकाका प्रशासकीय  अधिकृत पुष्कर भट्टले बताए । उनका अनुसार हाल छुट्टाछुट्टै भवनमा शाखाहरू सञ्चालन भइरहेकोमा भवन निर्माणपछि एकै ठाउँमा रहने हुँदा सेवा प्रवाह सहज हुनेछ । अहिले एक सयभन्दा बढी कर्मचारी रहेको मुख्य प्रशासनिक कार्यायलमा ठाउँ अभाव छ । नगर प्रमुख सुरेन्द्र विष्टले कार्यायललाई थप व्यवस्थित बनाउन मुख्य प्रशासनिक भवन निर्माण गर्न लागिएको बताए । नगरपालिकाले बलियो भौतिक पूर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको उनको भनाइ छ । नगरपालिकाले २५ वर्षे गुरुयोजना बनाएर काम गरिरहेको छ । प्रमुख प्रशासकीय भवनको निर्माण समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई नगर प्रमुख विष्टले निर्देशन समेत दिएका छन् । नगर उपप्रमुख सुशीला चन्द सिंहले समयमै भवन निर्माण सम्पन्न गर्न नियमित रूपमा अनुगमन गरिने बताइन् । निर्माण व्यवसायी धर्मराज जोशीले समयमै निर्माण सम्पन्न गर्ने दाबी गरे । निर्माण सामग्रीको अभाव नरहे निर्धारित समयावधि अगाडि भवन निर्माण सक्ने उनले बताए ।

भीमदत्त नगरपालिकाको मुख्य प्रशासनीक भवनको शिलान्यास

जेठ १६, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य प्रशासनिक भवन शिलान्यास गरिएको छ । शनिवार गणतन्त्र दिवसको अवसरमा नगर प्रमुख सुरेन्द्र विष्टले मुख्य प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । नगरपालिकाले नगरवासीलाई एउटै छानामुनीबाट सेवा दिन नयाँ भवन निर्माण कार्य थालेको हो ।  ३१ करोड ९७ हजार ६०० कुल अनुमानित लागत रहेको उक्त प्रशासनिक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाका ईन्जिनियर हिमालय सिंह ऐरले दुई वर्षमा सक्ने गरि चार तले भवनको शिलान्यास गरिएको बताए ।  उनका अनुसार भवनमा अत्याधुनिक सेवा सुविधा रहने गरि निर्माण गरिने छ । भवनमा १० ओटा मिटिङ हल, नगर प्रमुख तथा उप प्रमुख कक्ष, शाखा कार्यालय कक्षहरु, प्रशासनीक कक्ष लगायतको संरचना बन्नेछन् । चार तले भवनमा लिफ्टको समेत व्यवस्था हुनेछ । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा संघिय सरकारले १८ लाख बजेट विनियोजन गरेको छ । भने थप बजेटका लागि प्रतिवद्धता जनाएको छ । अपुग बजेट नगरपालिकाले विनियोजन नगरपालिकाका प्रशासकीय  अधिकृत पुस्कर भट्टले बताए ।  उनका अनुसार हाल छुट्टाछुट्टै भवन शाखाहरु सञ्चालन भईरहेकाले एउटै भवनबाट नगरवासीलाई सेवा दिने निर्माण कार्य शुरु गरिए हो । अहिले करीब १०० भन्दाबढी कर्मचारी रहेको मुख्य प्रशासनिक कार्यायलमा ठाउँ अभाव रहेको छ । भवन निर्माण भएपछि एउटै भवनबाट सबै किसिमका सेवाहरु प्रदान गरिने भएकाले सेवाग्राहीलाई सहज हुनेछ  । नगर प्रमुख सुरेन्द्र विष्टले कार्यायललाई थप व्यवस्थीत बनाउन मुख्य प्रशासनिक भवन निर्माण गरिन लागेको बताए । उनले नगरपालिकाले  बलियो भौतिक पुर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको बताए । हाल सबै वडामा वडा कार्यालय  भवन निर्माण गरिएको र केहिमा निर्माण पक्रिया अघि बढेको बताउँदै नगर प्रमुख विष्टले भने ‘हामीले अबको २५ वर्षपछिको अवस्थालाई मध्य नजर गरेर काम गरिरहेको छौँ, भीमदत्तलाई उप–महानगर तथा महानगरको आवश्यकता अनुसारका भौतिक पुर्वाधार निर्माण काम भइरहेको छ’ उनले भने । नगरपालिकाले २५ वर्षे गुरु योजना बनाएर काम गरिरहेको छ । गणतन्त्र दिवसको अवसर पारि गरिएको शिलान्यास कार्यलाई समयमै सम्पन्न गर्न निर्माण व्यवसायीले नगर प्रमुख विष्टले निर्देशन समेत दिएका छन् ।  त्यस्तै उप–प्रमुख शुसिला चन्द सिंहले पनि नमूना प्रशासनिक भवन बनाउने एतिहासिक कार्यको शिलान्यास गरिनु नगरवासीका लागि खुसीको कुरा भएको बताइन् । उनले नगरपालिकाले समयमै निर्माण सम्पन्न गर्न नियमित रुपमा अनुगमन र निर्देशन दिने बताइन् । नगरपालिकाले समृद्ध नगरको परिकल्पनासहित विकास निर्माण कार्यलाई अगाडी बढाइरहेको उनको भनाइ छ ।  त्यस्तै, निर्माण व्यवसायी धर्मराज जोशीले समयमै निर्माण कार्य सम्पन्न गरि सक्ने दाबी गरे । उनले  निर्माण सामाग्रीको अभाव नरहेमा समयावधि अगाडी नै भवन निर्माण कार्य सक्ने बताए ।

बागीश्वरी माविको नयाँ भवन शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा–९ च्याम्हासिंहस्थित बागीश्वरी माविको नयाँ भवनको शिलान्यास गरे ।भवन शिलान्यास गर्नुहुँदै नगर प्रमुख प्रजापतिले बागीश्वरी माविमा कार्यरत शिक्षक, अभिभावक र स्थानीय जनताको सामूहिक प्रयासले विद्यालयको प्रगति सम्भव भएको बताउनुहुँदै निर्माणाधीन नयाँ भवन गुणस्तरीय ढंगले निर्धारित समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।उनले शिक्षकहरूको व्यक्तिगत स्वार्थबाट विद्यालयको प्रगति सम्भव नहुने […]

विद्यालय भवन शिलान्यास­

वृन्दावन नगरपालिका–१, रमौलीमा बुधबार आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यव्रmम अन्तर्गत छकोठे उक्त विद्यालय भवनको नगर प्रमुख विनोद राउत कुर्मी र वडा नं. १ का वडाध्यक्ष रामनाथ सहनीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।