बेलबासमा १६ शय्याको स्वास्थ्य केन्द्रको शिलान्यास

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शय्याको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ । बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरेका हुन् । 

सम्बन्धित सामग्री

वडा कार्यालय भवनको शिलान्यास

गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भाडगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो ।

लुम्बिनीमा २४ घन्टे प्रसूति सेवासहितको प्राथमिक स्वास्थ्य केन्द्र निर्माण सुरू

लुम्बिनीमा २४ घन्टे प्रसूति सेवासहितको स्वास्थ्य केन्द्र निर्माणका लागि शिलान्यास गरिएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण थालिएको हो । भवनको नगर प्रमुख सजरुद्दीन मुसलमानले शिलान्यास गरे ।

रौतहटमा दुई वर्षमा पनि बनेन स्वास्थ्य केन्द्र भवन

काठमाडौं । रौतहटमा दुई वर्ष अघि शिलान्यास भएको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको १५ बेडको भवन निर्माणको काम अझै सुरु भएको छैन । दुई वर्ष अघि कटहरियाका तत्कालीन नगर प्रमुख सियाराम कुश्वाहाले बिधिवत रुपमा शिलान्यास गरेको भए पनि भवन अझै निर्माण हुन सकेको छैन् । शिलान्यास लगत्तै १५ बेडको अस्पताल भवन निर्माण हुने सहमति अनुसार […]

बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने

काठमाडौँ- बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ । आइतबार बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे । भवनको शिलान्यास गर्दै उनले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान […]

महानगरको प्राथमिकतामा स्वास्थ्य सेवाः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले १ वडा एक स्वास्थ्य केन्द्र घोषणालाई कार्यान्वयनमा ल्याएको बताएकी छन् । भरतपुर महानगरपालिका वडा नं ५ स्थित आनन्दपुरमा सोमबार भीमलाल आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्दै प्रमुख दाहालले जनप्रतिनिधीको रूपमा कार्यभार सम्हालेसँगै नगरवासीको आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी प्रत्येक वडामा न्यूनतम एक स्वास्थ्य केन्द्र स्थापना गर्ने जुन लक्ष्य राखिएको थियो त्यो लक्ष्य पुरा भएको बताइन् । उनले हाल भरतपुर महानगरपालिका

कविलास स्वास्थ्य चौकी र डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास

भदौ १३, चितवन । चितवनको विकट ठाउँ मानिने भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित कविलासमा स्वास्थ्य चौकी र डालेटार स्वास्थ्य केन्द्रको भवनको शिलान्यास भएको छ ।  त्यहाँ रहेका स्थानीयलाई स्वास्थ्यको पहुँच पुयाउन उक्त ठाउँमा स्वास्थ्य भवन निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।  शिलान्यासपछि बोल्दै कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद  स्वास्थ्य केन्द्रको भवन लामो प्रयास पछी शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरिय निर्माण सम्पन्न गर्न आग्रह गरिन् ।  दाहालले भरतपुरको कविलास भरतपुरको हिल स्टेशनको रूपमा परिचय बनाउँदै गएको भन्दै यस्ता स्थानहरुलाई बहुआयामिक रुपमा उपयोग गर्न सकिने बताइन् । ‘एक वडा, एक स्वास्थ केन्द्र’ निर्माण तथा सञ्चालन गर्दै आएको बताउँदै उनले आवश्यकताका आधारमा यसको संख्या थपिदै जाने बताइन् । उनले यस क्षेत्रका बाटोघाटो निर्माण, शुद्ध पिउनेपानी, सिँचाईका साथै शिक्षा स्वास्थ्य, कृषि र पर्यटन लगायतका विकासका कामहरुलाई प्राथमिकतामा राखेको उनकोे भनाइ छ  ।  विकासमा कोही कसैले राजनिति र आग्रह पूर्वाग्रह राख्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने उल्लेख गरिन् । शिलान्यास कार्यक्रममा उप प्रमुख पार्वती शाह ठकुरीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरिय ढंगले निर्माण कार्य अगाढी बढाउन आग्रह गरिन् ।  भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भोजराज खतिवडाले  नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गरे ६९ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको कबिलास स्वास्थ्य केन्द्र ४ कोठाको हुनेछ भने पुस मसान्तभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा लक्ष्य लिइएको छ ।

विकास निर्माणमा राजनीति नगरौं : प्रमुख दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनीति गर्न नहुने भन्दै सबैको सामूहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् ।  शनिबार कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् ।भरतपुर महानगरपालिका २९  मा कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद  स्वास्थ्य केन्द्रको भवन लामो प्रयासपछि शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरीय निर्माण सम्पन्न गरी स्वास्थ्य &nb

एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास - Purbeli News

कावासोती / नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । वडा नं २, ४, ५, ७, ८, ९, ११,...

अर्थ मन्त्रालयद्वारा स्वास्थ्य केन्द्रका लागि रु एक अर्ब आठ करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिनुभएको हो । स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार ६२६ वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्नताका आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिन्छ । अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि रु चार अर्ब २० करोड विनियोजन गरिएको र त्यसमध्ये यसअघि रु दुई अर्ब ६९ करोड २८ लाख ५८ हजार निकासा भइसकेको जानकारी दिनुभयो । अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत रु ५७ अर्ब ९७ करोड बराबरको स्रोत सुनिश्चित गरेको थियो । सोहीअनुसार गत मङ्सिर १५ गते ३०८ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।(रासस)