लघुवित्त वित्तीय संस्थाले पनि अब ऋणपत्र जारी गर्न पाउने भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सबै प्रकारका लघुवित्त वित्तीय संस्थालाई आफ्नो पुँजीकोष बराबर ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो । यसअघि थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाले मात्र ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो । ‘लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरिनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।