निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले पाँच वर्षभित्र सात खर्ब रुपैयाँ बराबरको स्वदेशी उत्पादन निर्यात गर्ने लक्ष्य लिएको बताएको छ । महासंघले तयार पारेको तीनवर्षे रणनीतिक योजनाअनुसार काम गरेर उक्त लक्ष्य हासिल गर्न सकिने महासंघ अध्यक्ष रामबहादुर गुरुङले बताए ।