काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ। केन्द्रीय कार्यकारिणी सदस्य गनेर आधिकारिकता दिने निर्वाचन आयोगको कदम रोक्न माग गर्दै ठाकुर पक्ष सर्वोच्च अदालत गएको हो। त्यो रोक्नलाई अदालतले परमादेश जारी गर्नुपर्ने ठाकुर पक्षको माग छ। आयोगमा सोमबार हुने टाउको गनेर आधिकारिकता दिने कदम रोक्न माग गर्दै रिट दायर भएको हो। अल्पमतमा रहेको ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेक