सुर्खेत – नेकपा एमालेले सुर्खेतका नौ वटै पालिकाका मेयर र उपमेयरका उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ ढकाललाई उम्मेदवार बनाएको छ ।
यस्तै भेरीगंगा नगरपालिकाको मेयरमा यज्ञप्रसाद ढकाल र उपमेयरमा धनसरा बोहरा, गुर्भाकोट नगरपालिकाको मेयरमा तिलक खत्री र उपमेयरमा सुशीला विश्वकर्मा, पञ्चपुरी नगरपालिकाको मेयरमा धनबहादुर थापा, उपमेयरमा दुर्गादेवी जैशी, लेकबेसी नगरपालिकाको मेयरमा देव राना र उपमेयरमा विमला खडलुकलाई उम्मेदवार बनाएको छ...