नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको सालिक अगाडि कार्यक्रम गरेर प्रधानमन्त्री केपी ओलीले के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरेका छन्। "के महाराजा बन्न लालायित भएको ? राजाहरूले झैं म जे भन्छु त्यही कानुन हो भन्न खोजेको?" आक्रोशित मुद्रामा डा कोइरालाले भने।
राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भूमिका निर्वाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य...