राधी विद्युत् कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, २० जेठ २०७८)

बुधवार कम्पनीको शेयर मूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव २३ प्रतिशतले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार २०६ माझरेको हो । कम्पनीले प्रस्तावित ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजी रु. ६४ करोड ६४ लाख ४ हजार ६२२ को आधारमा हकप्रद शेयर विक्री गर्ने भएको हो । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले ९५ लाख ३५ हजार ७६०  दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्ने निर्णय गरेको हो । कम्पनीले हकप्रद शेयरको प्रस्ताव पनि आगामी साधारणसभाबाट पारित गराउने जानकारी गराएको छ । कोभिडका कारण ढिलाइ भएको कम्पनीको १५ औं वार्षिक साधारणसभा यथाशीघ्र सम्पन्न गर्नेसमेत बताएको छ । हाल कम्पनीको चुक्ता पुँजी रु. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सोही पुँजीको आधारमा करबाहेक उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो क्लोजिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्यमा रिभर्सलको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८० दशमलव २० बिन्दुमा छ । यसले शेयर खरिदचापउच्चरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८३ दशमलव १४ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा धेरै जोखिम हुन्छ भने प्रतिफल पनि धेरै हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. १ हजार २०६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ९०० मा टेवा पाउने र महँगिए रु. १ हजार ३०० मा प्रतिरोध पाउने देखिन्छ ।