काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लगायतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफूलाई अनुकूल हुने गरी सरुवा गर्ने काम भएको...