काठमाडौं, २४ असार । नेपाली वंशज नागरिक संघले नेपाल नागरिकता ऐन, २०६३ मा गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा भएको संशोधनप्रति आपत्ति जनाएको छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले नागरिकता ऐन–२०६३ को संशोधनले पहिला प्राप्त भएको नेपाली नागरिकताको निरन्तरता नदिएको र गैर आवासीय नागरिकता लिनुपर्ने व्यवस्था गरेको भन्दै आपत्ति जनाएको हो । […]