काठमाडाैं : नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयकलाई अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अनुरोध गरेका छन्।आज शीतलनिवासमा अनुरोध पत्रसहित पुगेका नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयक देशका लागि हितकर नभएको भन्दै यसकाे प्रमाणीकरण रोक्न अनुरोध गरेका हुन्।राष्ट्रपतिलाई भेट्न पुगेका नागरिक अगुवाहरु अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकारद्वय ध्रुवहरी अधिकारी , आदित्यमान श्रेष्ठ, बुद्धिजीवी राजेश अहिराज, द्वारिकानाथ ढुंग