काठमाडौं : जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। पछिल्लो राजनीतिक परिस्थितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि नेताहरु बुढानिलकण्ठ पुगेको बताइएको छ।
अध्यक्ष ठाकुर र महतो बिहान ९ बजे देउवा निवास पुगेका हुन्। नेताहरुबीच छलफल जारी रहेको छ।…