डोटी - डोटीको सबैभन्दा दुर्गम मानिने सायल गाउँपालिका–१ छपाली काैराडीमा वर्षाैँपछि बिजुली बत्ती पुगेको छ ।
यस वडा वर्षाैँदेखि अन्धकार भएका कारण स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारको सहयोगमा ३३ केभीए प्रसारण लाइनको विद्युत् सेवा पुगेको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ । गाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका नागरिकहरुको कामकाजमा पनि निकै सहज बन्ने भएको छ ।
डोटीको पश्चिमी क्षेत्रमा रहेका स्थानीय तहमा विद्युत् विस्तारका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको सहयोग तथा सहक...