लगानीकर्ता संगठनद्वारा धितोपत्र बोर्डको प्रशंसा, तत्काल नयाँ ब्रोकर लाईसेन्स खुलाउन माग

ब्रोकर क्षेत्रमा फ्री इन्ट्री र फ्री एक्जिको नीति अबलम्बन गर्ने नेपाल धितोपत्र बोर्डको निर्णयलाई विभिन्न ३ वटा लगानीकर्ता संघहरुले स्वागत गरेका छन् । लगानीकर्ता संघहरुले बोर्डको उक्त कदम अत्यन्त सराहनीय र प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र  नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त बक्तब्य जारी गर्दै धितोपत्र बोर्डलाई धन्यवाद ज्ञापन गरेका छन् ।  लगानीकर्ताहरूले विगत लामो समयदेखि नेपालको शेयरबजारको विकास र विस्तारको महत्वपूर्ण कारकको रूपमा रहेको बैंक तथा वित्तीय संस्था वा बैंकको सहायक कम्पनीहरूलाई ब्रोकर लाईसेन्स, प्राकृतिक व्यक्ति वा संस्थालाई FREE ENTRY/FREE EXIT को माध्यमबाट ब्रोकर इजाजत पत्र वितरण गर्नुपर्ने मागलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले 'धितोपत्र व्यवसायी नियमावली २०६४' मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेकोमा लगानीकर्ताका आधिकारिक संघ संगठनहरू मार्फत लगानीकर्ताहरूले बोर्ड अध्यक्ष रमेश कुमार हमाल लगायत सम्पूर्ण नेपाल धितोपत्र बोर्ड परिवारलाई धन्यवाद ज्ञापन गरेका हुन्।पूँजीबजारको विकास र विस्तारमा नेपाल धितोपत्र बोर्डबाट भएको उक्त धितोपत्र व्यवसायी नियमावली २०६४ को संशोधन प्रस्ताव अत्यन्त सराहनीय र प्रशंसनीय रहेको उनीहरुले उल्लेख गरेका छन् । उक्त बुंदा कार्यान्वयनमा आएपछि पुँजीबजारको विकास र विस्तारमा कोशेढुङ्गा सावित हुनेछ । पूँजीबजारको क्षेत्रमा समयानुकुल विकास र विस्तारको लागि तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने कार्यको यथासिघ्र कार्यान्वयन गर्नको लागि नेपाल धितोपत्र बोर्ड मार्फत अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री समक्ष जोडदार माग गरेका छन् ।  

सम्बन्धित सामग्री

ब्रोकर शाखा विस्तारका लागि अब निवेदन दिएको २१ दिनभित्रै अनुमति दिइने

शेयरबजारको पहुँच वृद्धि गर्दै ब्रोकर कार्यालयहरूले शाखा विस्तार गर्न चाहेमा सहजै अनुमति पाउने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालले बताएका छन् ।

आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन

नेपाल स्टक एक्सचेन्जले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एकमुष्ट रूपमा कम्पनीहरूले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ । सेबोनले गत २ असोजमा ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो । आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो । धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएर मात्र व्यवसाय गर्न पाउने तोकिए बमोजिमका व्यवसा

ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – नेपाल स्टक एक्सचेन्जले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एकमुष्ठ रूपमा कम्पनीहरूले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ । सेबोनले गत २ असोजमा ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो । आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो । धितोपत्र ऐन २०६४ को […]

ब्रोकर लाइसेन्सको प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी

धितोपत्र (सेयर) लगानीकर्ताहरुले ब्रोकर लाइसेन्सको नयाँ आवेदन अबिलम्ब खुल्ला गर्न सरकारसँग माग गरेका छन् । नियामक धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्सको प्रस्ताव स्वीकृत भइसकेर मन्त्रिपरिषद्मा पुगेको तर त्यहाँ त्यतिकै अड्काइएको भन्दै लगानीकर्ताहरु आन्दोलित भएका हुन् । मंगलबार एक ध्यानाकर्षणपत्र जारी गर्दै सेयर लगानीकर्ता एकता समितिले ब्रोकर लाइसेन्सको निर्णय गर्न सरकारलाई दुई दिने अल्टिमेटम दिएका छन् । आगामी बिहीबारसम्म पनि ब्रोकर लाइसेन्स खुला गर्ने विषय क्याबिनेटबाट स्वीकृत नभए ५३ ला

अनधिकृतरुपमा ब्रोकर शाखा विस्तार गरेको थ्राइभ ब्रोकरेजलाई कारवाहि

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १३ नं ब्रोकर थ्राइभ ब्रोकरेज हाउस प्रालिलाई जरिवाना तिराएको छ। अनधिकृतरूपमा शाखा विस्तार गरी कारोबार गरिरहेको पाइएपछि सेवोनले जरिवाना गराएको हो। थ्राइभ ब्रोकरेजले ५० हजार रुपैयाँ जरिवाना...

ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी

काठमाडौं, साउन १० । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ । हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी […]

ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी

काठमाडौं । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ ।हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अब नियमावलीले रू. १० करोडदेखि १ अर्बसम्मको चुक्त