रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं. ८ की बेल कुमारी गौतमले हालै आफ्नो नाममा रहेको तीन ठाउँको जग्गाको कर इ-सेवाबाट तिरेकी छन् । उनले घरमै बसेर नगरपालिकाका लागि कति कर लाग्छ भन्ने स्पष्ट रुपमा हेरिन् र १३ सय ६ रुपैयाँ नगरपालिकामा जम्मा गरिदिएकी हुन् ।उनले भनिन्, ‘रकम कति लाग्छ, जग्गाको विवरण हानेपछि हेर्न मिल्ने रहेछ । अनि नगरपालिका जाने फुर्सद पनि थिएन, घरमै बसेर ई सेवामार्फत् रकम तिरेँ ।’ उनले कोरोना बेला कर तिर्न भन्दै भिडभाड गर्न भन्दा घरबाटै सहज रुपमा रकम पनि तिर्