बुटवल, २६ फागुन : आगामी स्थानीय तहको निर्वाचनलाई लिएर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जोडघटाउ सुरु हुन लागेको छ । गएको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १३ वटा वडामा आफ्नो पकड कायम गरेको एमालेले त्यो विरासतलाई जोगाउने गरी रणनीति बनाएको छ भने कांग्रेस पराजयको बदला लिने दाउमा छ । यद्यपि दुवै पार्टीमा आकांक्षीहरूको व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ […]