३९ वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकै ठुलो पर्व राष्ट्रिय खेलकुद एक दुःखद घटनाले पीडादायी रह्यो। यो प्रतियोगिता पोखरेलीका लागि केही उत्साहपूर्ण पनि बन्यो।...
७ कात्तिक, काठमाडौं । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता बृहत नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा सम्पन्न भएको छ । गण्डकीका ८ जिल्ला तथा ललितपुर र काठमाडौंमा समेत नवौं अन्तर्गतका खेल प्रतियोगिता आयोजना भए । नियमित समयअनुसार अघिल्लो वर्ष नै आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुद कोरोना महामारीका कारण पछि धकेलिएको हो । अघिल्ला संस्करणको तुलनामा भद्रगोल र […]
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत साता गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको छ । असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म आयोजना भएको नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु मुख्य दायित्व राखेपको भएपनि सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष धेरै सहयोगी हातहरु छन् भन्नेमा कुनै शंका नरहेको जनाएको छ […]
पोखरा – गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो । ‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौं प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा समापन भएको हो । नवौंको उद्घाटन भने उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए […]
विजय नेपाली, पोखरागण्डकी प्रदेशमा बिहीबार सम्पन्न हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४० जना खेलाडीको एन्टी डोपिङका लागि नमूना संकलन गरिएको छ । प्रतिबन्धित औषधी तथा उपायहरु प्रयोग गरेको हो या होइन् भनि जाँचका लागि डोपिङ संकलन गरेको हो । दशक लामो राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमै पहिलो पटक यति ठूलो मात्रामा डोपिङ परिक्षणका लागि ४० नमूना […]
विभागीय टिम सशस्त्र प्रहरी बेनीमा बुधबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलमा विजयी भएको छ। अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै सशस्त्रले उपाधी चुमेको हो। पहिलो सेट २५–१९, दोस्रो सेट ३०–२...
काठमाडौं – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुरु हुँदैछ। प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए। उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि सबैको […]
बागलुङ (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकिदै गर्दा बागलुङमा तयारी थालिएको छ । प्रतियोगिता अन्तरगत बागलुङमा हुने आईटिएफ तेक्वान्दो खेलको लागि व्यवस्थापन, कबर्डहल मर्मत लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सफलता पूर्व सम्पन्न गर्नको लागि सोमबार बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्य मुल व्यवस्थापन समिति गठन गरिएको […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र हालसम्म सम्पन्न भएको कार्यहरुको विवरण सार्वजनिक गरेको छ । नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अब ५० दिन बाँकी रहेको प्रतियोगिताको तयारी र हालसम्मको कार्यविवरण पेश गरेको हो […]
नेपालमा फाल्गुण महिनामा सम्पन्न हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हालसम्म हुन सकेको छैन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिव विवादले हालसम्म प्रतियोगिता सम्पन्न हुन नसकेको हो । प्रतियोगिता सम्पन्न गर्नका लागि सदस्य–सचिवको आवश्यक्ता थियो । अब राखेपको सदस्य–सचिवको जिम्मेवारीमा टंकलाल घिसिङ फर्किएका छन् । बुधबार आफ्नो कार्यकाल सम्हाल्ने क्रममा घिसिङले पहिलो प्रथामिकता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता रहेको बताएका छन् । सर्वोच्च अदालतले बर्खास्तीम