देउवासँगको भेटबारे ओली- सार्वजनिक गर्नुपर्ने विशेष महत्त्वको कुरा भएन

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिवार बालकोटमा छलफल भएको छ । प्रधानमन्त्री देउवा ओलीसँग संसद अवरोध खुलाउने विषयमा छलफल गर्न बालकोट पुगेका थिए ।  उनीहरूबीच झण्डै एक घण्टा एक्लाएक्लै वार्ता भएको थियो ।  भेटबारे ओलीले सार्वजनिक गर्नुपर्ने विशेष महत्त्वको कुरा नभएको प्रतिक्रिया दिएका छन् । ‘बाहिर सार्वजनिक गर्नुपर्ने विशेष महत्त्वको कुरा भएन,’ ओलीलाई उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो ।  एमालेले कारवाही गरेको भनिएका १४ जना सांसदको पद रिक्त ...