प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिवार बालकोटमा छलफल भएको छ । प्रधानमन्त्री देउवा ओलीसँग संसद अवरोध खुलाउने र एमसीसीका विषयमा छलफल गर्न बालकोट पुगेका थिए ।
उनीहरूबीच झण्डै एक घण्टा एक्लाएक्लै वार्ता भएको थियो ।
ओलीसँग छलफल सकारात्मक भएको र निष्कर्षमा पुग्न छलफललाई निरन्तरता दिइने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
भेटबारे ओलीले भने सार्वजनिक गर्नुपर्ने विशेष महत्त्वको कुरा नभएको प्रतिक्रिया दिएका थिए ।
एमालेले कारवाही गरेको भनिएका १४ ज...