काठमाडौं : संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने विषयमा छलफल गर्न आज बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ।बेलुकी चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलहरूले आ–आफ्नो धारणा राखेको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।‘बैठकमा सहभागी सबै दलले आ–आफ्नो धारणा राख्नुभयो, यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको छ’ कार्कीले भने, ‘कसैले आशंका व्यक्त गर्नुभए