कास्की – चुनाव चिह्न प्रदान गर्ने विषयमा नाराबाजी गरेको आरोपमा पोखरामा अटेरी अभियान चलाइरहेका अशोक खड्कालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नाराबाजी गर्दा मुख्य निर्वाचन अधिकृतमाथि अपमानजनक शब्द र उच्छृङ्खल शब्द प्रयोग गरेको भन्दै कार्यालयले आवश्यक कारबाहीका लागि पक्राउ गर्न र अनुसन्धान अगाडि बढाउन प्रहरीलाई पत्राचार गरेको थियो ।दलहरूलाई चुनाव चिह्न दिने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की पोखराको गेटमा उच्छृङ्खल व्यक्तिहरूले निर्वाचन अधिकृतमाथि नै लक्षित गरी धाकधम्की तथा अपमानजनक शब्द बोली भिडियो बनाइ अशोक खड्क...