सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय नेपाली काँग्रेसले नमान्ने भएको छ । काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिले पत्रकार सम्मेलन गर्दै हेटौंडाको मेयर काँग्रेसले पाउनु पर्ने मागसहित केन्द्रले गरेको भागबण्डा नमान्ने जनाएको हो ।काँग्रेस उपमहानगरपालिका समितिले पत्रकार सम्मेलन मार्फत् स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय सच्याउनसमेत माग गरेको छ । काँग्रेस उप