मनाङको प्रदेश सभा – क मा कांग्रेसका गुरुङ विजयी

काठमाण्डाै – मनाङको प्रदेश सभा क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेका राजनबहादुर गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको हो । एमालेका उम्मेदवार गुरुङले ९२५ मत प्राप्त गर्नुभएको छ । मनाङ ख मा स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनिने राजिव गुरुङको मात्रै उम्मेदवारी परेको थियो ।   

सम्बन्धित सामग्री

महोत्तरी-१ (क) : प्रदेश सभा सदस्यमा एमालेकी शारदादेवी थापा निर्वाचित

महोत्तरी - नेकपा एमालेकी नेतृ शारदादेवी थापा दोस्रो पटक महोत्तरी क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे छ। थापा ८ हजार ३ सय ४ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे छ। त्यस्तै उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार पीताम्बर महतोले ७ हजार ५ सय ८४ मत ल्याउनु भएकाे छ । थापाले महतोलाई ७ सय २० मतान्तरले पराजित गर्नु भएकाे हाे ।  २०७४ सालमा सम्पन्न भएको चुनावमा नेतृ थापा यही पार्टीबाट निर्वाचित हुनुभएकाे थियाे ।

सुनसरी १ को प्रदेश सभा (क) मा एमालेका बस्नेत विजयी

सुनसरी – सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा एमाले उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ । उहाँले ११ हजार १०२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश थापाले ९ हजार ७५२ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ८ हजार ३ सय ६३ मत प्राप्त गर्नुभयो ।

ललितपुर ३ को प्रदेश सभा (क) र (ख) दुवैमा एमाले विजयी

ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) र (ख) दुवैमा एमाले विजयी भएको छ । प्रदेश सभा (क) मा रघुनाथ महर्जन  र (ख) मा  प्रेमभक्त महर्जन विजयी हुनुभएको हो । (क) मा महर्जन ९ हजार ७६६ मतसहित विजयी हुनुभएको हो भने (ख) मा प्रेम भक्त महर्जन ९ हजार ५८ मतले विजयी हुनुभएको हो ।  यस्तै प्रदेश सभा (क) मा माओवादी केन्द्रका राज काजी महर्जनले ९ हजार ८० मत ल्याउनुभयो भने राप्रपाका विनोद कुमार खड्काले ७ हजार ५ सय ८७ मत प्राप्त गर्नुभयो ।  (ख) मा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ८ ह...

मकवानपुर–१ प्रदेश सभा (क) मा प्रेमबहादुर पुलामी विजयी

मकवानपुर - मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु निर्वाचित हुनुभएकाे छ ।  पुलामी ४ हजार २८७ मत अन्तरका साथ निर्वाचित हुनुभएकाे हाे । उहाँले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ३३२ मत प्राप्त गरेका छन् ।

कालीकोट प्रदेश सभा 'क' मा माओवादीका दुर्ग रावत निर्वाचित

कालीकोट -  एक मात्रै प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा क्षेत्र रहेको कालीकोटमा प्रदेश सभा (क) नेकपा माओवादी केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार दुर्ग रावत निर्वाचित हुनुभएकाे छ। रावतले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कुर्मराज शाहीलाई १ हजार ५९ मतान्तरले पराजित गर्नु भएकाे हाे । रावत  ९ हजार ११ मतले विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गर्नु भएकाे हाे। त्यस्तै राप्रपाका सूर्य बहादुर शाहीले १ हजार ७१ मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका ...

धादिङ १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा कांग्रेस विजयी

धादिङ – धादिङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठबन्धनबाट कांग्रेसका मदुकुमार श्रेष्ठ १७ हजार ८ सय ३२ मतसहित विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश आचार्यले १६ हजार ५ सय ३८ मत ल्याउनुभयाे । उहाँहरूबीच १ हजार २ सय ९४ मतकाे अन्तर छ ।  ७३ हजार १ सय ५७ जना मतदाता रहेका यस प्रदेशमा ४४ हजार ६ सय १२ जनाले मतदान गरेका थिए । धादिङ २ काे प्रदेश सभा (क) मा पनि सत्ता गठबन्धनब...

बारा ४ प्रदेश सभा (क) मा एमाले विजयी

बारा – बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभामा नेकपा एमालेका देवनारायण चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’लाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । चौधरीले श्रेष्ठलाई ३ हजार ६ सय २० मतको अन्तरले पराजित गर्नु भएको हो । एमालेका चौधरीले १३ हजार ६०९ मत प्राप्त गर्नु भयो भने श्रेष्ठले ९ हजार ९ सय ८९ मत प्राप्त गर्नुभयो ।

अर्घाखाँचीकाे प्रदेश सभा 'क' मा नेकपा एमालेका चेतनारायण आचार्य विजयी

अर्घाखाँची - अर्घाखाँचीकाे प्रदेश सभा 'क' मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । उहाँ २० हजार ५ सय ४८ मतकासाथ विजयी हुनुभएको हाे । उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय जनमाेर्चाका सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गर्नु भएको छ ।

मुस्ताङ प्रदेश सभा (क) मा कांग्रेसका गुरुङ विजयी

काठमाण्डाै – मुस्ताङको प्रदेश सभा (क) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।  गुरुङ नेकपा एमालेका इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । मतदानमा खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेश सभा (ख) को मतगणना भइरहेकाे छ ।

सिन्धुपाल्चोक-१ प्रदेश सभा (क) र (ख): युवा उम्मेदवारबीच चर्को प्रतिस्पर्धा

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १, प्रदेश सभा (क) र (ख) मा सत्ता गठबन्धन तथा एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।...