बारा ४ प्रदेश सभा (क) मा एमाले विजयी

बारा – बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभामा नेकपा एमालेका देवनारायण चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’लाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । चौधरीले श्रेष्ठलाई ३ हजार ६ सय २० मतको अन्तरले पराजित गर्नु भएको हो । एमालेका चौधरीले १३ हजार ६०९ मत प्राप्त गर्नु भयो भने श्रेष्ठले ९ हजार ९ सय ८९ मत प्राप्त गर्नुभयो ।   

सम्बन्धित सामग्री

रुपन्देहीमा सत्ता गठबन्धन निरीह

प्रतिनिधि सभातर्फ पाँच र प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच दलीय सत्तारुढ गठबन्धन निरीह देखिएको छ । प्रतिनिधि सभातर्फ क्नि स्वीप भएको सत्ता गठबन्धनले प्रदेशसभातर्फ भने केही सिट जित्न सफल भयो ।प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. १, २ र ५ मा एमाले विजयी भएको छ भने क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा गरी १५ पदका लागि २ सय ३ जनाको उम्म

सुनसरी २ (ख) मा एमालेका मेहता विजयी

सुनसरी – सुनसरीकाे निर्वाचन क्षेत्र नम्बर २ काे प्रदेश सभा (ख) मा नेकपा एमाले विजयी भएकाे छ ।  भर्खरै सकिएकाे मतगणनामा एमालेका रामप्रसाद मेहता १८ हजार १ सय ९१ मतसहित विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १७ हजार ६ सय ३६ मत ल्याउनुभयाे ।

ललितपुर ३ को प्रदेश सभा (क) र (ख) दुवैमा एमाले विजयी

ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) र (ख) दुवैमा एमाले विजयी भएको छ । प्रदेश सभा (क) मा रघुनाथ महर्जन  र (ख) मा  प्रेमभक्त महर्जन विजयी हुनुभएको हो । (क) मा महर्जन ९ हजार ७६६ मतसहित विजयी हुनुभएको हो भने (ख) मा प्रेम भक्त महर्जन ९ हजार ५८ मतले विजयी हुनुभएको हो ।  यस्तै प्रदेश सभा (क) मा माओवादी केन्द्रका राज काजी महर्जनले ९ हजार ८० मत ल्याउनुभयो भने राप्रपाका विनोद कुमार खड्काले ७ हजार ५ सय ८७ मत प्राप्त गर्नुभयो ।  (ख) मा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ८ ह...

टोपबहादुरले पुष्पालाई हराए, अर्घाखाँचीमा एमालेको क्लीन स्विप

अर्घाखाँचीमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले क्लिव स्विप गरेको छ । एक प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन सिटमै एमाले विजयी भएको हो ।

प्रदेश सभातर्फ नवलपरासी पूर्व १ (क) मा कांग्रेस र १ (ख) मा एमाले विजयी

नवलपरासी - नवलपरासी पूर्व प्रदेश सभा १ (क) मा कांग्रेसका महेन्द्र ध्वज जीसी विजयी हुनुभएकाे छ । उहाँले १५ हजार १३७ मत ल्याउनु भएकाे छ भने एमालेका रविन्द्र अधिकारीले १३ हजार ९८७ मत ल्याउनु भएकाे छ ।  यस्तै, नवलपरासी पूर्व प्रदेश सभा १ (ख) एमालेका राेशन बहादुर गाहा विजयी हुनुभएकाे छ । उहाँले १७ हजार ८२३ ल्याउनु भएकाे छ भने माओवादी केन्द्रका लाेकप्रसाद भुर्तेलले १४ हजार ११० मत पाउनु भएकाे छ।

अर्घाखाँचीमा एमालेको क्लीन स्वीप

बुटवल- अर्घाखाँचीमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले क्लीन स्वीप गरेको छ । एक प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन सिटमै एमाले विजयी भएको हो । प्रतिनिधि सभा सदस्यमा एमाले सचिव टोपबहादुर रायमाझी र प्रदेश सभा सदस्यमा चेतनारायण आचार्य र रामजी घिमिरे विजयी भएका हुन् । न...

बैतडी प्रदेश १ मा एमाले विजयी

बैतडी : बैतडी प्रदेश सभा क्षेत्र नम्बर (१) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्।अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी भएका हुन्।पालले १२ हजार आठ ३१ मत प्राप्त गरे। भण्डारीले ११ हजार १८ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार नौ सय ५३ मत ल्याए। प्रदेशसभा क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भइसकेका छन्।

नवलपरासी पूर्व–२ का दुवै प्रदेशमा एमाले विजयी

नवलपरासी पूर्व : नवलपरासी बर्दघाट सुस्ता पूर्व–२ को दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। क्षेत्र–२ १ र २ मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्।श्रेष्ठले १९ हजार ३७८ ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार ७४३ मत ल्याएका छन्। यो क्षेत्रमा २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो।त्यसैगरी प्रदेश सभा २ मा पाण्डेले १८ हजार ८०६ मत पाएका छन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका गोपाल

काठमाडौं १, मनाङ र मुस्ताङमा कांग्रेस तथा ललितपुर २ मा एमाले विजयी

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सोमबार मध्यरातीसम्म पाँच ठाउँको नतिजा आएको छ । प्रतिनिधिसभातर्फ

म्याग्दी प्रदेश 'ख' मा एमाले विजयी

म्याग्दीको प्रदेश सभा 'ख' मा एमालेकी नरदेवी पुन १०८७२ मतसहित विजयी भएकी छिन् । पुनले २८७८ मत अन्तरले विजयी भएकी हुन् । पुनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामीले ७९९० मतसहित पछ्याएका छन ।