धादिङ १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा कांग्रेस विजयी

धादिङ – धादिङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठबन्धनबाट कांग्रेसका मदुकुमार श्रेष्ठ १७ हजार ८ सय ३२ मतसहित विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश आचार्यले १६ हजार ५ सय ३८ मत ल्याउनुभयाे । उहाँहरूबीच १ हजार २ सय ९४ मतकाे अन्तर छ ।  ७३ हजार १ सय ५७ जना मतदाता रहेका यस प्रदेशमा ४४ हजार ६ सय १२ जनाले मतदान गरेका थिए । धादिङ २ काे प्रदेश सभा (क) मा पनि सत्ता गठबन्धनब...