६ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा अमेरिका, इंगल्याण्ड, जापान र डेनमार्कले सुखद सुरुवात गरेका छन् । लगातार तेस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा पहिलो पटक विश्वकप खेलेको भियतनाम प्रतिद्वन्द्वी पाएको थियो । शनिबार भएको खेलमा अमेरिकाले भियतनामलाई ३–० गोल अन्तरले हरायो । चार पटकको विश्व विजेतासमेत रहेको अमेरिकाका लागि […]
चीनमा वृद्धवृद्धाको बढ्दो जनसंख्याले एकातिर स्वास्थ्य तथा सामाजिक सुरक्षाका लागि ठूलो खर्च लाग्ने र अर्काेतिर काम गर्ने जनसंख्याको घट्दो अनुपातले चीनको अर्थतन्त्रसमेत आगामी दशकमा प्रभावित हुन देखिएको छ। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो।...
एजेन्सी। चीनको तीव्र फड्कोसँग सबैभन्दा बढी तर्सिएका छन् अमेरिका र जापान। दुवै देशले चीनको आक्रामकतामा लगाम कस्न नयाँ रणनीतिबारे खुलेर छलफल गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र जापानी समकक्षी तोसिमित्सु मितेगी चीनसम्बद्ध विषयमा दुई देशबीचको गठबन्धन मजबुत पारेर अघि बढ्न सहमत भएका छन्। जी-७ को विदेशमन्त्रीस्तरीय बैठकअघि सोमबार लन्डनमा दुई नेताले कुराकानी गरेका हुन्।
एजेन्सी। अमेरिकाले भारतसँग रक्षासम्बन्ध थप मजबुत पार्ने निर्णय गरेको छ। अमेरिकी सिनेटले 'चीन सामरिक प्रतिस्पर्धा विधेयक' लाई स्वीकृत गरेको हो। विधेयकमा क्वाड समूहलाई समर्थन गर्ने र भारतसँग सुरक्षासम्बन्ध वृद्धि गर्ने सन्दर्भमा सहमति जनाइएको छ। चीनविरोधी समूह क्वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित छन्। गत महिना राष्ट्रपति जो बाइडेनले आयोजना गरेको क्वाड शिखर सम्मेलनमा चारै देशका नेताले भाग लिएका थिए।