प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध निरन्तर आन्दोलित ‘बृहत् नागरिक आन्दोलन’ मा आबद्ध नागरिक अगुवा तथा सरोकारवालाको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको हो ।
प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा चलाएको थियो ।
पूर्व घोषित कार्यक्रमअनुसार कमलपोखरी देखि बालुवाटारसम्म ‘मार्चपास गरिएको थियो ।
अभियानका अभियन्ता युग पाठकका अनुसार प्रदर्शनमा कवि, लेखक, कला...