काठमाण्डौ – पानीका लागि बोरिङ खन्ने क्रममा काठमाण्डाैकाे बूढानीलकण्ठ नगरपालिका–१० कपनमा एक्कासी बालुवासहित पानीको फोहोरा निस्किएको छ । तीन घण्टादेखि पानी र बालुवासहितको झन्डै ४० फिट अग्लो फोहोरा काठमाण्डौ कपन शिवमन्दिर नजिक निरन्तर छ ।
भुलुक–भुलुक गर्दै चार तले घर जति अग्लो पानीको फोहोरा निस्किएपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरूले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।
सूचनापछि घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभा...