अक्सिजन दिनुपर्ने बिरामी बढे

काठमाडौं, बैशाख १३ । कोरोना महामारीको पहिलो लहरको तुलनामा लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन्। ‘पहिला सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका […]

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमणसँगै अस्पतालमा बिरामी बढे - अबको दुई हप्ता चुनौतीपूर्ण

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणसँगै अस्पतालमा सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेको छ ।अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढे पनि जटिल अवस्थाका बिरामी कम रहेका डाक्टरले बताएका छन् । भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. मनिषा रावलले बताउनुभयो । उहाँका अनुसार ६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक परेको छैन । सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अस्पतालले अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लान्ट तयारी अवस्थामा राखेको जनाएको छ ।टेकुका निर्देशक डा. रावलका अनुसार अस्...

भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै

कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए । “भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा. श्रेष्ठले भने, “कोरोना सङ्क्रमित पाँच जनाको उपचार हुँदैछ ।”त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वा

वीपी प्रतिष्ठानमा अक्सिजन पर्याप्त, बेड थप गर्न आवश्यक

वैशाख ३०, धरान । कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनको अभाव पनि चुलिदै गएको छ । अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि उपचारबाटै बञ्चित हुनु परेको छ भने कतिपय स्थानहरुमा संक्रमितको मृत्यु नै भएको छ । सरकारले पनि अस्पतालहरुलाई अक्सिजन उत्पादनमा जोड दिइरहेको छ । अक्सिजनको संकट सम्बोधन गर्न देशभित्र रहेका अक्सिजन उद्योगको क्षमता विस्तार, लिक्विड अक्सिजन प्लान्टको जडान र खाली सिलिन्डर खरीद गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिएको छ ।  धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट रहेको छ । खपत भन्दा ४ गुणा बढी उत्पादन हुने गरेको प्रतिष्ठानको दाबी छ ।  प्रतिष्ठानमा अक्सिजनको अभाव नहुने भएकाले उपचार कक्ष थप गरेर स्वास्थ्य सेवा दिन सकिने देखिएको छ । अक्सिजन आवश्यक्ता पर्ने बिरामीका लागि बेड संख्या थपेर उपचार गर्न सकिने सम्भावना रहेको प्रतिष्ठानका चिकित्सकहरुको भनाइ छ ।  प्रतिष्ठानका अनुसार अहिले प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्टबाट प्रति मिनेट १ हजार ६०० लिटर अक्सिजन उत्पादन भइरहेको छ । खपत भन्दा चार गुणा बढी अक्सिजन उत्पादन हुने गरेको छ ।  पछिल्लो समय कोभिडका बिरामीको चाप बढ्दै गएको अवस्थामा कोभिड अस्पताल सहित प्रतिष्ठानका अन्य विभागहरुमा प्रयोग भएको अक्सिजन खपत बढ्दै गएपछि प्रतिष्ठानमा उत्पादन भएको अक्सिजनबाट करीब ४०० देखि ५०० बिरामी भर्ना भए पनि धान्न सकिने भएको छ ।  कोभिडको उपचारका लागि बेड संख्या बढाएर अक्सिजन सहितको उपचारको व्यवस्था गर्नुपर्ने एक चिकित्सक बताउँछन् । उनले भने, ‘प्रतिष्ठानले दाबी गरे जस्तो खपतभन्दा ४ गुणा बढी अक्सिजन उत्पादन भइरहेको छ भने, सोही अनुपातमा बेड संख्या थप गरेर अक्सिजन सहितको उपचारको व्यवस्थापन गर्न सकिन्छ ।’  अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने प्राविधिक सहित, जेनेटर लगायत जनशक्तिलाई व्यवस्थित गर्दै चौबिसै घण्टा अक्सिजन उत्पादन गरेर सहजताका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । बेड संख्या थपेर कोभिडका बिरामीलाई अक्सिजन सहितको उपचारका लागि थप कक्षहरु निर्माण गरिनु पर्ने उनी बताउँछन् । उत्पादन भएका अक्सिजन थप बिरामीको लागि उपयोग गर्न सकिने उनले बताए ।  दैनिक संक्रमितको संख्या बढ्दै गएपछि प्रतिष्ठानले पनि अन्य विभागहरुमा कोभिड उपचारका लागि कक्ष थप्ने तयारी गरेको छ । केही विभागीय वार्डहरुमा अक्सिजन पाइपलाइन विस्तार गरेर बेड थप गर्ने पहल भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले बताए ।  पछिल्लो समय दोस्रो चरणको कोरोना संक्रमण अघिल्लो भन्दा विल्कुलै फरक भएकाले अक्सिजनको खपत पनि बढ्दै गएको छ । प्रतिष्ठानले कल्पना गरे जस्तो भन्दा फरक भएकाले प्रतिष्ठानमा पनि अक्सिजनको खपत बढेको उनी बताउँछन् । उनले भने, ‘दैनिक ६०० देखि ७०० सम्म खपत होला भन्ने सोचेका थियौं, तर अहिले संक्रमण दर बढे अनुसार अक्सिजनको मात्रा धेरै दिनुपर्ने अवस्था छ, अक्सिजन उत्पादनमा कमी भएको होइन्, बिरामीलाई चाहिने अक्सिजनको मात्रा बढ्दै गएको छ ।’ उत्पादन भएका अक्सिजनले थप बिरामीलाई समेत सेवा दिन सकिने भएकाले नयाँ बेड थप गर्ने योजनामा रहेको उनले बताए ।

कोरोना सन्त्रासमा सरकारको उल्टो काम

नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै जाँदा सरकारले सिकिस्त बिरामीका लागि अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने भनी सर्वसाधारणलाई आफै सतर्क हुन जारी गरेको आग्रहले धेरैले सरकारप्रति आक्रोशित बनाएको छ । कम प्राथमिकताका क्षेत्रमा खर्च गर्न सरकारसँग पैसा हुने तर सर्वसाधारणको ज्यान जोगाउन महामारीका बेला अस्पताल व्यवस्थापनका लागि खर्च गर्न नचाहने भनी सामाजिक सञ्जालमा आलोचना गरिएको छ । भारतमा कोरोना संक्रमणले महामारी रूप लिन थाल्नेबित्तिकै नेपालमा यसको असर पर्छ र त्यस्तै अवस्था आउन सक्छ है भन्दै जनस्वास्थ्यविद्हरूले सरकारलाई सतर्क नपारेका होइनन् । तर, सरकार भीडभाड जम्मा गरेर उल्टो कामतिर लाग्यो । तुलनात्मक रूपमा अन्य शहरमा भन्दा काठमाडौं उपत्यकामा सरकारी तथा निजी अस्पतालको संख्या धेरै नै बढी भएको र उपचार प्रणाली पनि राम्रो रहेको मानिन्छ । तर, कोरोना महामारी व्यापक रूपमा फैलन थालेको एकडेढ हप्तामै कोरोना संक्रमित भई बढी नै समस्यामा परेका बिरामीले अस्पतालमा शय्या नपाउनु भनेको सरकारी अव्यवस्थापन र समस्याप्रतिको उपेक्षा नै हो भन्न सकिन्छ । हो, सामान्य अवस्थामा भन्दा धेरै बिरामी अकस्मात् अस्पताल आउँदा त्यसलाई व्यवस्थापन गर्न निकै कठिन हुन्छ । तर, यो समस्या आउने करीब करीब अपेक्षित नै थियो । भारतमा कोरोना संक्रमणले महामारी रूप लिन थाल्नेबित्तिकै नेपालमा यसको असर पर्छ र त्यस्तै अवस्था आउन सक्छ है भन्दै जनस्वास्थ्यविद्हरूले सरकारलाई सतर्क नपारेका होइनन् । तर, सरकार भीडभाड जम्मा गरेर उल्टो कामतिर लाग्यो । यस अवधिमा अस्पतालहरूमा शय्या थप्ने, अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर आदिको व्यवस्था गर्ने, यसको उपचारमा प्रयोग हुने रेम्सिडिभिरलगायत औषधि व्यवस्था गर्नेलगायत काम गर्नुपर्ने थियो । त्यस्तै महामारी अकस्मात् अत्यधिक बढे के गर्ने भन्ने योजना र रणनीति पनि बनाउनुपर्थ्यो । तर, सरकार सत्ता संरक्षणको गणितीय खेलमा लाग्यो । त्यसैको परिणति हो, सरकारको हालको अभिव्यक्ति । सरकारले कुनै पनि हालतमा जनतालाई त्रस्त र आतंकित बनाउने गरी गैरजिम्मेवार अभिव्यक्ति दिन हुँदैन । जस्तो समस्या आए पनि राज्यको स्रोतले भ्याएसम्म काम गर्ने कुरा गरेर आश्वस्त पार्नु पर्ने हो । तर, सरकारले जनतालाई त्रस्त बनाएर अभिभावकीय भूमिका बिर्सन खोजेको देखिन्छ । हो, अस्पतालहरूको अवस्था दयनीय छ, स्वास्थ्यकर्मी आफै संक्रमित भइरहेका छन् । उनीहरूलाई बस्ने ठाउँको व्यवस्था छैन । निरन्तर खटेर काम गर्नुपर्दा अस्पतालकै बेन्चमा सुत्नु परेको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । यस्तो निरीहता बजेट अभावले होइन सरकारले राम्ररी काम गर्न नसकेर नै भएको देखिन्छ । अझै पनि सरकार सम्भावित समस्याप्रति गम्भीर नभएको आभास हुन्छ । विभिन्न खाली भवन र खुला स्थलमा टेन्टहरू राखेर पनि बिरामीको उपचार गर्न सकिन्छ । यसका लागि सेनाको अनुभव काम लाग्न सक्छ । उनीहरूलाई परिचालन गरेर अस्थायी उपचार केन्द्र बनाउन सकिन्छ । त्यस्तै अक्सिजन सिलिन्डरलगायत सामान तत्काल एयरलिफ्ट गरेर मित्रराष्ट्रहरूलाई आग्रह गरेर ल्याउन सकिन्छ । कोरोना नियन्त्रणका लागि भ्याक्सिन नै सबैभन्दा बढी प्रभावकारी हो भन्ने देखिएको छ । यस्तोमा कुन कुन देशबाट भ्याक्सिन आयात गर्न सकिन्छ ती देशसँग कूटनीतिक पहल गरिनुपर्छ । हालै चीनले दक्षिण एसियाका नेपाललगायत ६ राष्ट्रसँग कोरोनाविरुद्ध लड्न सहयोग गर्ने प्रतिबद्धता विदेश मन्त्रीहरूको छलफलमा व्यक्त गर्‍यो । तर, त्यसमा सरकारले चीनसँग भ्याक्सिन र अन्य आवश्यक स्वास्थ्योपकरण खरीदका लागि कुरा उठायो कि उठाएन ? के प्रतिक्रिया आयो भन्ने कुरा सार्वजनिक भएको छैन । त्यस्तै रसियाले भ्याक्सिन उपलब्ध गराउन चाहेको समाचार धेरै अगाडि आएको थियो । अहिले सरकारले त्यहाँबाट भ्याक्सिन ल्याउन अनुरोध गरेको समाचार त आएको छ तर त्यसका लागि सक्रिया र बलियो कूटनीतिक पहल आवश्यक देखिन्छ । विश्वभरि नै माग भइरहेको भ्याक्सिन सहजै पाउन कठिन छ । सरकार अनुदानको भ्याक्सिन पाइन्छ कि भनेर कुरिबसेको छ । यद्यपि नेपालमा भ्याक्सिन लगाउनेको प्रतिशत हेर्दा पनि नेपालले राम्रै गर्न सकेको मान्न सकिन्छ । कोरोना उपचारकै लागि दातृनिकायहरूसँग सरकारले ऋण लिएको छ । त्यो रकम प्रयोग गरेर चीन र रूस दुवै मुलुकसँग खरीद प्रक्रिया शुरू गर्न ढिला गर्नु हुँदैन । भारत आफै समस्यामा परेकाले उसको मुख ताकेर बस्नुभन्दा अन्य जहाँबाट जसरी पाइन्छ भ्याक्सिन ल्याउनु नै सरकारको अहिलेको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्छ ।

दाङमा कोरोना सङ्क्रमित बढ्दै : अक्सिजन व्यवस्थापनमा चुनाैती

दाङ - दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । पछिल्लो एक हप्तामा सङ्क्रमितको सङ्ख्या साढे ६ सय नाघेको छ । कोरोना परीक्षण गर्न आउने मध्य ७५ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण बढे पनि आवश्यक स्वास्थ तयारी भने सुस्त गतिमा छ । सक्रिय सङ्क्रमितहरु दिनदिनै अप्रत्यासितरुपमा बढ्न थालेपछि दाङको एकमात्र अस्थायी कोरोना विशेष अस्पतालमा जुनसुकै बेला अक्सिजनको अभाव भएर बिरामीको ज्यान जानसक्ने चेतावनी अस्पताल व्यवस्थापनले दिएको छ ।  करिब दुई महिनाअघि शून्य बिरामी सङ्ख्या भएको त्यस अस्पतालमा  ४१ बिरामी उ...