काठमाडौं । कतारका दुई कम्पनीले नेपालीहरुले पाउन बाँकी करिब आधा करोड रकम पठाएका छन् । कतारस्थित नेपाली दूतावासका अनुसार अल दला क्लिनिङ एण्ड कन्ट्राक्टिङ कम्पनीले २ र अल बन्ड्री इन्जिनियरिङ कम्पनीले १२ नेपालीको पाउन बाँकी रकम भुक्तानी गरेका हुन् ।
यसअघि नै नेपाल फर्किसकेका तर तलव लगायत सुविधा पाउन बाँकी रहेका १४ नेपालीको रकम दूतावास मार्फत भुक्तानी पठाइएको दूतावासले जनाएको छ ।
उक्त रकम दूतावासले कन्सुलर सेवा विभागमा पठाएको छ । अब विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने छ । फर्किसकेका श्रमिकले आफ्नै जिल्लाको प्रशासन कार्यालय मार्फत उक्त रकम पाउने छन् ।
हेरौंँ, कसले कति रकम पाउँछन् ?