थप २ कम्पनीले पाए आईपिओ निष्काशन अनुमति , कुनको कति ?

थप २ हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । सयपत्री हाइड्रोपावर लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडले बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाएका हुन्। बोर्डले सयपत्रीलाई जेठ १८ मा र मन्दाकिनीलाई जेठ १९ मा अनुमति दिएको हो ।अनुमति पाएसंगै अब सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालेको १ बर्ष भएको छ ।त्यस्तै मन्दाकीनी हाइड्रोले आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम  १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्ने छ । कम्पनीले  बि.ओ.के.क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो  । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि ३ वर्षदेखि विद्युत गरिरहेको छ ।

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले पाए ऋणपत्र निष्काशन अनुमति, कुनको ब्याज कति ?

थप २ कम्पनीले ऋणपत्र निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमांडू (बिओके) र हिमालयन बैंकलाई ऋणपत्र निष्काशनको लागि अनुमति प्रदान गरेको हो।बिओकेले अंकित मूल्य १००० दरको १ अर्ब १० करोडले हुन आउने ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । ११ लाख कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्बसाधारणलाई र ६ लाख ६० हजार कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।त्यस्तै हिमालयन बैंकले अंकित मूल्य १००० दरको २ अर्ब ५० करोडले हुन आउने २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । २५ लाख कित्ता मध्ये १० लाख कित्ता सर्बसाधारणलाई र १५ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।बोर्डबाट अनुमति पाएसंगै अब यी बैंकले ऋणपत्र निष्काशनको लागि आह्वान पत्र प्रकाशन गर्न सक्ने छन् ।

इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले पाए आईपिओ निष्काशन अनुमति

इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले  आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते र खप्तडलाई साउन १० गते अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । त्यस्तै  खप्तड लघुवित्त वित्तीय संस्था बैशाख ११ गते बोर्डमा आवेदन दिएको थियो । कमपनीले  सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड हुनेछ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ  । शेयर निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

रावा इनर्जी र अपर स्याङ्गेले मागे आईपिओ निष्काशन अनुमति

थप २ हाइड्रोले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रावा इनर्जीडेभलपमेन्ट लिमिटेड र अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।रावा इनर्जीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि गरि कुल ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । त्यस्तै अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।

सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्न पायो अनुमति, ब्याज कति ?

सिद्धार्थ बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले जेठ २७ गते कम्पनीलाई ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो । यस संगै अब बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई निष्काशन हुनेछ भने २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड बराबरको ऋणपत्र 'प्राइभेट प्लेसमेन्ट' अर्थात् व्यक्तिगत तवरमा बिक्रि हुने छ ।१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।  ऋणपत्र निष्काशनको लागि बैंकले कुमारी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

गरिमा विकास बैंकले पायो ऋणपत्र निष्काशन अनुमति, ब्याज कति ?

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशनको अनुमति पाएको छ । बोर्डले बैंकलाई कार्तिक १७ गते अनुमति प्रदान गरेको हो । बोर्डबाट अनुमति पाएसंगै बैंकले १ हजार अंकित दरको १० लाख कित्ताले हुने रु.१ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्नेछ  । जस मध्ये ६ लाख कित्ता अर्थात् ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ भने ४ लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्रि खुला गरिने बैंकले जनाएको छ  । यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।एनआईबिएल एस क्यापिटल  ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

मिर्मिरे लघुवित्तले माग्यो एफपिओ निष्काशन अनुमति, मूल्य कति ?

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  ले  थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हो।  कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ७७.८  रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १७७.८ रुपैयाँमा ५१ हजार ३ सय १६ कित्ता एफपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले एफपिओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंगसंग सम्झौता गरिसकेको छ ।कम्पनीले स्वेडा लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ती पश्चात संस्थापक शेयर र सर्वसाधारण शेयर पुँजीको अनुपात मिलानको लागि एफपीओ निष्काशन गर्न लागेको हो । बोर्डबाट अनुपति पाएपछि कम्पनीले एफपिओ निष्काशन गर्ने छ ।

युनियन लाईफले पायो आईपीओ निष्काशनको अनुमति, सर्वसाधारणलाई कति?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले कम्पनीलाई अनुमति दिएको हो। कम्पनीले कुल निष्काशनमध्ये ७० प्रतिशत संस्थापक समूहलाई र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ।

युनियन लाईफले पायो आईपीओ निष्काशनको अनुमति, सर्वसाधारणलाई कति?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले कम्पनीलाई अनुमति दिएको हो। कम्पनीले कुल निष्काशनमध्ये ७० प्रतिशत संस्थापक समूहलाई र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ।