काठमाण्डाै – काठमाण्डाै विश्वविद्यालयले ब्याचलर अफ टेक्निकल एजुकेसन (बीटेकएड) को पठनपाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयले आज आइतवार पत्रकार सम्मेलन गरी सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयमा बीटेकएडको पढाइ सुरु गर्न लागेको जानकारी दिएको हो ।
प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गर्ने जनशक्ति उत्पादन गर्न पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले जानकारी दिनुभयो । नेपालमा प्राविधिक तथा व्यावसायिक विषयको पठनपाठन सुरु भएको झन्डै ...