उद्योग परिसंघ प्रदेश १ ले बैंकको ब्याजदर एक अंकमा सीमित गर्न माग गर्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । परिसंघले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकलाई यस्तो आग्रह गरेको हो । ‘बैंकहरुले असोज महिनादेखि लागू हुने गरि निक्षेपमा नयाँ ब्याजदर दोहोरो अंकमा वृद्धि गरि प्रत्येक बैंकले अलग अलग प्रतिस्पर्धी रूपमा असामान्य तरिकाबाट ब्याजका दर वृद्धिको सूचना सार्वजनिक भएको विषयप्रति नेपाल उद्योग परिसंघ प्रदेश नं १ को गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी सूचनामा भनिएको छ, ‘यस विषय