मोरङ व्यापार संघले बैंकको निक्षेपको ब्याजदर न्यूनतम ६ प्रतिशतमा झार्न सरकारसँग माग गरेको छ । आइतबार प्रदेश नम्बर १ को राजधानी विराटनगर पुगेका अर्थमन्त्री जनार्दन शर्मालाई भेटि ज्ञापनपत्र बुझाउँदै संघले यस्तो माग गरेको हो । बैंकिङ ब्याजदर, निक्षेपमा नै अधिकतम ११ प्रतिशत पुगिसकेको अवस्थामा थप कर्जाको ब्याजदर बढेर व्यवसायीहरुले कर्जा लिन नसक्ने अवस्थामा पुगेको बताउँदै व्यवसायीहरुले उत्पादनमा जान समस्या परेको बताएका छन् । अहिलेको आर्थिक समस्याको हल तत्काल तरलताको सहजीकरण गर्दै बैंकिङ ब्याज