सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटै फण्डको न्याभ घट्यो

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटा फण्ड (योजना) ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । सनराइज ब्लूचिप फण्ड, सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज  फस्र्ट म्युचुअल फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । यी तीन ओटै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ ।  सनराइज ब्लूचिप फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ १७ पैसा रहेकोमा वैशाख मसान्तमा ८ रुपैयाँ ९५ पैसा कायम भएको छ । त्यस्तै सनराइज फोकस्ड इक्विटी फण्डको न्याभ वैशाख मसान्तसम्म ९ रुपैयाँ ८८ पैसा रहेको छ । यस फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ  ९७ पैसा थियो ।  सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ चैत मसान्तमा १२ रुपैयाँ ४ पैसा रहेकोमा वैशाख मसान्तमा ११ रुपैयाँ ७७ पैसामा झरेको छ । न्याभसँगै यस फण्डको नाफा पनि घटेको छ । चैत मसान्तसम्म फण्डले रू. ३ करोड ९७ लाख नाफा कमाएकोमा वैशाख मसान्तसम्म रू. १ करोड ६२ लाखमा झरेको हो । वैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ५ करोड ४१ लाख भएकोमा वैशाख मसान्तमा रू. ३ करोड २३ लाखमा झरेको छ ।  सनराइज फोकस्ड इक्विटी फण्ड भने वैशाख मसान्तसम्म रू. १ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तमा पनि फण्ड रू. २५ लाख ५६ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएका कारण जम्मा आम्दानी रू. १७ लाख २२ हजार ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । सो अवधिमा फण्डले सूचीकृत धितोपत्रमा रू. १७ करोड ८९ लाख लगानी गरेको छ ।  सनराइज ब्लूचिप फण्डले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. ७० करोड ८८ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. ६९ करोड ६५ लाख थियो । यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । वैशाख मसान्तसम्म फण्डले रू. १ करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा चैत मसान्तसम्म रू. ४ करोड २८ लाख थियो । वैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो ।  सनराइज फस्र्ट म्युचुअल फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  सनराइज ब्लूचिप  फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  सनराइज फोकस्ड इक्विटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री

सनराइज ब्लूचिप फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य माघमा घट्यो

फागुन १२, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज ब्लूचिप फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य माघ महीनामा घटेको छ । पुस मसान्तसम्म रू. १० दशमलव ३९ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य माघ मसान्तसम्म रू. १० दशमलव १६ मा झरेको हो । बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्य सहित सञ्चालित यस योजनाले माघ मसान्तसम्म गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशन सहित रू. ८० करोड ७२ लाख ७५ हजार छ । योजनाको लगानीको परलमूल्य भन्दा बजार मूल्य कम रहेको छ । माघ मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको मूल्य रू. ७८ करोड ५५ लाख ९० हजार रहेको छ । यस अवधिसम्म योजनाको बैंक मुद्दती निक्षेपमा रू. १८ करोड रहेको छ । पुस मसान्तसम्म रू. ४ करोड १८ लाखभन्दा बढी नाफा गरेको योजनाले माघ मसान्तसम्म रू. १ करोड २६ लाखभन्दा बढी मात्र नाफा गरेको छ । योजनाको आम्दानी पुस मसान्तसम्म रू. ५ करोड ३३ लाख ४८ हजारभन्दा बढी भएकोमा माघ मसान्तसम्म रू. २ करोड ५९ लाख ५० हजारभन्दा बढी रहेको छ । खर्च पुस मसान्तसम्म रू. १ करोड १४ लाख ७० हजार रहेकोमा माघ मसान्तसम्म रू. १ करोड ३२ लाख ६२ हजार भएको छ । पुस मसान्तसम्मको तुलनामा माघ महीनामा आम्दानी घटेको र खर्च बढेकाले योजनाको खुद नाफा घटेको हो ।

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य घट्यो

असोज १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट  म्युचुअल फण्डले भदौ मसान्तसम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तको तुलनामा भदौ मसान्तमा घटेको हो । साउन मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. २०  दशमलव ४८ रहेकोमा भदौ मसान्तमा घटेर रू. १४ दशमलव ६२ कायम भएको छ । आव २०७७/ ७८ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण समायोजन भएकाले फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको हो । फण्डले भदौ मसान्तसम्ममा रू. ८ करोड ६ लाख ८४ हजार नाफा कमाएको छ  । यो नाफा साउन मसान्तको तुलनामा भदौ मसान्तमा ४८ प्रतिशत घटेको हो । साउन मसान्तसम्ममा फण्डले रू. १५ करोड ५१ लाख ६४ हजार नाफा कमाएको थियो । भदौ मसान्तसम्ममा फण्डको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । साउन मसान्तसम्ममा रू. १५ करोड ८० लाख ३० हजार आम्दानी गरेको उक्त फण्डको आम्दानी भदौ मसान्तमा घटेर रू. ८ करोड ५५ लाख २० हजारमा सीमित भएको हो ।

सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डको नाफा घट्यो

साउन १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड  र सनराइज ब्लूचिप फण्डले असार मसान्तसम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार दुबै योजनाको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा घटेको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा ४ प्रतिशतले कमि आएको छ । जेठ मसान्तसम्ममा रू. ८० करोड ३ लाख९७ हजार नाफा कमाएको उक्त फण्डको नाफा असार मसान्तमा रू. ७६ करोड ८१ लाख २८ हजारमा सीमित भएको हो ।  त्यसैगरी जेठ मसान्तसम्ममा रू. ९३ लाख २६ हजार नाफा कमाएको सनराइज ब्लूचिप फण्डको नाफा असार मसान्तमा भने नाफा रू. ६८ लाख ९३ हजारमा सीमित भएको छ । उक्त योजनाको नाफाघटेसँगै एनएभीमा पनि कमि आएको छ ।  जेठ महीनामा एनएभी रू. १० दशमलव शून्य ७ रहेकोमा असार महीनामा घटेर रू. १० दशमलव शून्य ६ मा कायम भएको हो । त्यसैगरी सनराइज फर्स्ट म्युुचअल फण्डको  एनएभी रू. १९ दशमलव ५८ रहेकोमा असार मसान्तमा रू.१९ दशमलव २१ कायम भएको छ । ती दुबै योजनाको आम्दानीमा कमि आएकाले एनएभी सँगै नाफा घटेको हो ।

वैशाखमा सनराइज फर्स्ट म्युचुअल फण्डको एनएभी घट्यो

जेठ १६, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको चैत मसान्तको तुलनामा वैशाख मसान्तमा एनएभी घटेको छ ।   चैत मसान्तमा उक्त योजनाको एनएभी रू. १८ दशमलव ६० रहेकोमा वैशाख मसान्तमा घटेर रू. १८ दशमलव ५७ मा झरेको हो । योजनाको चैत मसान्तको तुलनामा बैशाख मसान्तमा एनएभी रू. शून्य दशमलव शून्य ३ ले घटेको हो । त्यसैगरी एनएभी घटेसँगै योजनाको नाफामा पनि कमि आएको छ ।  चैत मसान्तमा रू. ७१ करोड ६१ लाख ४० हजार नाफा कमाएको उक्त योजनाको नाफा वैशाख महीनामा रू. ७१ करोड ३५ लाख ९१ हजारमा सीमित भएको हो ।   वैशाखमा योजनाको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । चैत महीनामा रू. ७३ करोड २५ लाख आम्दानी गरेको उक्त योजनाको नाफा वैशाख महीनामा रू. ७३ करोड २३ लाखमा सीमित भएको हो । योजनाको वैशाख मसान्तसम्ममा प्राप्त भएको आम्दानी रू. ४६ करोड ३६ लाख ३२ हजार छ भने प्राप्त हुन बाँकी आम्दानी रू. २६ करोड ८७ लाख ५९ हजार रहेको छ ।  वैशाख मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको लागत मूल्य (धितोपत्र दलाल कमिशनसहित) रू. ६५ करोड ९० लाख २ हजार रहेको उक्त योजनाको बजार मूल्य रू. १ अर्ब ७ करोड ७७ लाख ९६ हजार पुगेको छ ।